७ जना पत्रकार पुरस्कृत
तनहुँ
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पत्रकारले राज्यका तीन अंगले गरेका गल्तीमा औंला उठाउनुपर्ने बताएका छन् । उनले पत्रकारिता स्वच्छ तरिकाले विकास हुनु भनेको राज्यको समउन्नत अवस्था प्रमाणित हुनु रहेको बताए ।
नेपाल पत्रकार महासंघको ६८ औँ स्थापना दिवसको अवसरमा पत्रकार महासंघ तनहुँले आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा प्रदेश प्रमुख गुरुङले सञ्चार जगतले राज्यको विकासमा भुमिका खेलेको उल्लेख गरे । नेपाल पत्रकार महासंघको ६८ औँ स्थापना दिवसमा तनहुँमा ७ जना पत्रकार पुरस्कृत भएका छन् ।
१५ हजार रुपैयाँ राशीको स्वर्गिय भवानी खनाल पत्रकारिता पुरस्कार शाखाका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीलाई प्रदान गरिएको छ । । स्वर्गिय इन्जिनियर हरिभक्त भट्टराई स्मृति पुरस्कार महासंघ तनहुँका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारीले प्राप्त गरे । भोर्लेली केवलबहादुर स्मृति पुरस्कार महासंघ तनहुँका पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराईले प्राप्त गरे । अधिकारी र भट्टराईलाई प्राप्त गरेको पुरस्कारको राशी १० हजार रुपैयाँको छ ।
टिकानिधी ढुङ्गाना व्यास पराशर पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष सोनी शर्मा सम्मानित भइन । चिरञ्जीवि हरीमाया स्मृति पत्रकारिता पुरस्कार सानेबहादुर नेपाली र स्वर्गीय पुरुषोत्तम काफ्ले स्मृति युवा पत्रकारिता पुरस्कार पवन पौडेललाई प्रदान गरिएको हो । शर्मा, नेपाली र पौडेलले प्राप्त गरेको पुरस्कार राशी पनि १० हजार रुपैयाँको रहेको छ ।
रणबहादुर चिजाकुमारी सुरज गुरुङ स्मृति पुरस्कार ओमकार आचार्यले प्राप्त गरे । पुरस्कारको राशी ५ हजार रुपैयाँ छ । पुरस्कार पत्रकार महासंघले वितरण गर्दछ ।
प्रकाशित मिति २०७९ चैत १६ गते बिहीबार ०१:११




