पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरूङले आगामी १० वैशाखको उपनिर्वाचनमा तनहुँ–१ बाट नलड्ने बताएका छन् ।
आफ्नो क्षेत्र नभएकाले तनहुँ–१ बाट नलड्ने बिहीबार पब्लिक टिभीसँगको कुराकानीमा बताएका हुन् । तनहुँ–१ मा गुरूङले टिकट पाउने चर्चा हुँदै आएको थियो ।
संघ सरकारका पूर्व वनमन्त्री र गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गत मंसिरको चुनावमा तनहुँ–२ मा नेपाली कांग्रेसका शंकर भण्डारीसँग पराजित भएका थिए ।
किरणले चुनाव लड्ने इच्छा नदेखाएपछि तनहुँ–१ मा पूर्वआइजिपी सर्वेन्द्र खनालको सम्भावना बढेको छ । उम्मेदवारबारे एमालेले आगामी शनिबार बैठक बसेर टुंगो लगाउने छ ।
प्रकाशित मिति २०७९ चैत १६ गते बिहीबार ०५:०१