२०८३ असोज २४ गते शनिबार

आज मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री

आज मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत १७ गते शुक्रबार ०८:४२

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

दिउँसोसम्ममा शपथ दिलाउने गठबन्धनको तयारी छ ।

बिहीबार बसेको गठबन्धन बैठकमा मिल्न बाँकी मन्त्रालयहरू आफैं मिलाउने भन्दै प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलहरूलाई मन्त्रीको नाम दिन आग्रह गरेका थिए । सत्ता साझेदार दलहरूसँग सामूहिक र एक्लाएक्लै संवाद गरे पनि दलहरूले केही मन्त्रीको नाम टुङ्गो लगाउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।

गठबन्धनमा कांग्रेसले ८, माओवादीले प्रधानमन्त्रीसहित ५, एकीकृत समाजवादी र जसपा २–२, लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति छ ।

प्रकाशित मिति २०७९ चैत १७ गते शुक्रबार ०८:४२
हजुरको प्रतिक्रिया