२०८३ असोज २४ गते शनिबार

स्थानीयसँगै विश्व बजारमा बिक्ने जनशक्ति चाहिन्छः मुख्यमन्त्री अधिकारी

स्थानीयसँगै विश्व बजारमा बिक्ने जनशक्ति चाहिन्छः मुख्यमन्त्री अधिकारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत १७ गते शुक्रबार ०४:५४

गण्डकी प्रावधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको तेस्रो प्रतिष्ठान सभा बैठकलाई शुक्रबार सम्बोधन गर्दै मुख्ममन्त्री अधिकारीले स्थानीय बजारमा आवश्यक र विश्वबजारमा विक्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक रहेकोमा जोड दिए ।

पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्थानीयसँगै विश्व बजारमा कुन प्रकारको जनशक्ति आवश्यक छ त्यसको प्रक्षेपण गर्दै तयार पानुपर्ने बताएका छन् ।
प्राकृतिक स्रोत साधनलाई कसरी सदुपयोग गर्न सकिन्छ योजना बनाएर लाग्नुपर्ने उनको भनाई छ । ‘हाम्रो प्राकृतिक स्रोत कुन हो त ? त्यसको अधिकतम उपयोग कसरी गरेर मान्छेलाई सस्टेन गर्ने व्यवसायमा ? त्योतिर जानुपर्नेछ’, मुख्यमन्त्री अधिकारीले भने ।

गण्डकी प्रावधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको तेस्रो प्रतिष्ठान सभा बैठकलाई शुक्रबार सम्बोधन गर्दै मुख्ममन्त्री अधिकारीले स्थानीय बजारमा आवश्यक र विश्वबजारमा विक्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक रहेकोमा जोड दिए ।

‘हाम्रो ११ जिल्लामा मुख्य मानव जीवनसँग जोडिएका र मानव जिवनलाई सस्टेन गर्ने टेक्नोलोजि के थिए तिनलाई मोर्डनाइजेशन कसरी गर्ने एउटा पक्ष । अर्को पक्ष के हो भने अन्तर्राष्ट्रिय बजारमा म्याग्निफाइड गर्ने हो कि मल्टिप्लाइ गर्ने हो कि या त्योसँग कसरी जोड्ने भनेर कोर्ष डिजाइन गर्नुपर्छ’, उनको भनाइ छ ।

सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले राजनीतिकरणले देश विकास नभएको आरोप लगाए । ‘राजनीतिकरणले देश विकास हुन्छ भन्ने सोच राख्छौं । त्यो हुन पनि सत्य कुरा हो’, उनले भने, ‘विगतको राजनीतिलाई हेर्ने हो भने भाषण र चुनावमा जनता र देशको आवाज बोल्ने तर चुनावबाट भोट जितेपछि देश र जनताको आवाज हैन आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न सत्तामा लिप्त हुने ।’

विदेश मात्रै होइन देशमै जीवनयापन गर्न सक्ने सिप सिकाउन जरुरत रहेको उनको भनाइ छ । विश्व बजारमा नेपालको शिक्षा निकै कमजोर बनेको मन्त्री गुरुङले बताए ।

प्रकाशित मिति २०७९ चैत १७ गते शुक्रबार ०४:५४

हजुरको प्रतिक्रिया