२०८३ साउन २१ गते बिहीबार

ह्विलचियर बास्केटबलमा पोखरा महानगरको टिम विजेता

ह्विलचियर बास्केटबलमा पोखरा महानगरको टिम विजेता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत १७ गते शुक्रबार ०८:५२

शुक्रबार भएको प्रतियोगितामा फाइनलमा हरियोखर्क अस्पतालको टिमलाई हराउँदै महानगरपालिकाको टिम विजेता बनेको हो ।

पोखरा । गण्डकी प्रदेश खेलकुद परिषद्ले आयोजना गरेको पारा खेलकुद प्रतियोगिताको ह्विलचियर बास्केटबलमा पोखरा महानगरपालिकाको टिम विजेता बनेको छ ।

शुक्रबार भएको प्रतियोगितामा फाइनलमा हरियोखर्क अस्पतालको टिमलाई हराउँदै महानगरपालिकाको टिम विजेता बनेको हो ।

विजेता टोलीले साढे ७ हजार रूपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाएको छ । उपविजेताले ५ हजार रूपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त ग-यो । तृतीय भएको महिला र पुरूषको संयुक्त टोलीले २ हजार ५ सय रूपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाएको छ ।

महानगरको टिमका भरत अधिकारी सर्वाधिक स्कोरर र हरियोखर्कका सुरेश गौली उत्कृष्ट खेलाडी घोषित भए ।

गण्डकी खेलकुद परिषदले आयोजना गरेको प्रतियोगितामा शारीरिक अपांगता, मनोसामाजिक, अटिजम, बौद्धिक अपांगता र बहुअपांगता गरी ५ थरीका अपांगता भएकाहरू सहभागी थिए ।

बौद्धिक अपांगता तथा अटिजम भएका बालबालिकाका लागि दौड, अटिजम भएका बालबालिका लागि सफ्टबल थ्रो, मनोसामाजिक अपांगताका लागि म्युजिकल च्येर, बहुअपांगता भएकाका लागि बोसिया र शारीरिक अपांगता भएकाहरुले ह्विलचेयर बास्केटबल प्रतियोगिता भएको गण्डकी खेलकुद परिषदका सदस्य अमृत बरालले जानकारी दिए ।

प्रकाशित मिति २०७९ चैत १७ गते शुक्रबार ०८:५२
हजुरको प्रतिक्रिया