२०८३ असोज २४ गते शनिबार

धौलागिरी बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका कंडेल

धौलागिरी बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका कंडेल

रोहन जि.सी

@Public 4K Tv

२०७९ चैत १९ गते आइतबार ०१:१०

स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी बहुमुखी क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघको तर्फबाट सुदिप सागर कँडेल सर्वसम्मत चयन भएका छन् ।

बागलुङ

धौलागिरी बहुमुखी क्याम्पस बागलुङले स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सर्वसम्मत चयन गरेको छ । शनिबार विद्यार्थी संगठनहरुको संयुक्त बैठकले सबै संगठनहरुको सहभागिता हुने गरी स्वतन्त्र विद्यार्थी युनियनमा नयाँ नेतृत्व चयन गरेको हो ।

स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी बहुमुखी क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघको तर्फबाट सुदिप सागर कँडेल सर्वसम्मत चयन भएका छन् ।  उपाध्यक्षमा नेविसंघकै दिपक सुवेदी र सचिवमा अनेरास्ववियुका अनिल शर्मा चयन भएको निर्वाचन समितिले जनाएको छ । सह–सचिवमा अनेरास्ववियु (क्रान्तिकारी) का खिमानान्द कँडेल र कोषध्यक्षमा नेविसंका सृष्टि आचार्य चयन भएका हुन् ।

सदस्यहरुमा कृष्ण बहादुर अठारे, सुनिल गौतम, बिसाल थापा, मनोज पौडेल, गणेशप्रसाद आचार्य, सचिन हरिजन, नगेन्द्र थापा, सुनिल पौडेल, अस्मिन शेख, रुपादेवि रोका रेखा शर्मा, तस्लिमा मियाँ, दिवस खड्का र सुदन बिक चयन भएको निर्वाचन अधिकृत गोविन्द गौतमले जानकारी दिए । यसअघी बिद्यार्थी संगठनहरुवीच विवाद हुँदा चैत ५ गते निर्वाचन हुन सकेको थिएन ।

प्रकाशित मिति २०७९ चैत १९ गते आइतबार ०१:१०
हजुरको प्रतिक्रिया