२०८३ साउन २१ गते बिहीबार

आईपीएल : पन्जाव पराजित, राजस्थान राेयल्सकाे प्लेअफ सम्भावना कायमै

आईपीएल : पन्जाव पराजित, राजस्थान राेयल्सकाे प्लेअफ सम्भावना कायमै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १५ गते शनिबार ०१:२९

पाेखरा । युएईमा जारि आईपीएल २०२० अन्तर्गतकाे ५० औं खेलमा राजस्थान रोयल्सले किंग्स-११ पन्जाबलाई ७ विकेटले पराजित गर्दै प्ले-अफ पुग्ने सम्भावना कायमै राखेको छ। शेख जायद स्टेडियम, अबुधाबीमा पन्जाबले दिएको १८६ रनको लक्ष्य राजस्थानले...

पाेखरा । युएईमा जारि आईपीएल २०२० अन्तर्गतकाे ५० औं खेलमा राजस्थान रोयल्सले किंग्स-११ पन्जाबलाई ७ विकेटले पराजित गर्दै प्ले-अफ पुग्ने सम्भावना कायमै राखेको छ।

शेख जायद स्टेडियम, अबुधाबीमा पन्जाबले दिएको १८६ रनको लक्ष्य राजस्थानले मात्र ३ विकेट गुमाएर १७.३ ओभरमा भेटायो। यस अघि लगातार ५ खेल जितेको पन्जाबको जित यात्रा राजस्थानले रोक्न सफल भएको छ। राजस्थानको यो लगातार दोश्रो जित हो, यस अघि उसले मुम्बईलाई पराजित गरेको थियो ।

राजस्थानको लागि ओपनर बेन स्टोक्सले सर्वाधिक ५० तथा सन्जु स्यामसनले ४८ रन बनाए । स्टोक्सले २६ बलमा ६ चौका र ३ छक्का तथा स्यामसनले २५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। रोबिन उथप्पाले २३ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ३० रन बनाए । स्टिभ स्मिथले अविजित ३१ तथा जोस बटलरले अविजित २२ रन बनाए । स्मिथले २० बलमा ५ चौका तथा बटलरले ११ बलमा १ चौका र २ छक्का प्रहार गरे ।

टस हारेर ब्याटिंग गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १८५ रन बनाएको थियो ।

पन्जाबको लागि क्रिस गेलले सर्वाधिक ९९ रन बनाए जुन क्रममा ६३ बलमा ६ चौका र ८ छक्का प्रहार गरे । टि-२० क्रिकेटमा २२ शतक बनाएका गेल ९९ रनमा आउट भएको पहिलो पटक हो। जारि सिजन गेलको यो लगातार दोश्रो अर्धशतक तथा तेश्रो अर्धशतक हो ।

कप्तान केएल राहुलले ४१ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४६ रन बनाए । निकोलस पुरनले १० बलमा ३ छक्का हिर्काउदै २२ रन बनाए ।

राजस्थानको बलिंगमा बेन स्टोक्स ( ३-०-३२-२ ) र जोफ्रा आर्चर ( ४-०-२२-२ ) ले समान २ विकेट लिए।

जितपछि राजस्थान १३ खेलमा ६ जित दर्ता गर्दै १२ अंक बटुल्दै पाँचौ स्थानमा उक्लन सफल भएको छ । समान अंक बटुलेको पन्जाब नेट रन रेटमा अघि रहँदै चौथो तथा कोलकाता नेट रन रेटमा पछि रहँदै छैठौं स्थानमा रहेको छ ।

राजस्थानले जित पछि प्ले-अफ पुग्ने सम्भावना कायमै राखेको छ । पन्जाब, कोलकाता र १० अंक रहेको हैदरावादको पनि प्लेअफ सम्भावना कायमै रहेको छ। पन्जाबले आगामी खेल आइतबार चेन्नाई बिरुद्ध तथा राजस्थानले आइतबारनै कोलकाता बिरुद्ध खेल्ने तालिका रहेको छ ।

हालसम्म मुम्बई प्ले-अफ छनौट हुन सकेको छ भने चेन्नाई बाहिर भैसकेको छ। अन्य टिमको प्ले-अफ सम्भावना आगामी खेलको नतिजाहरुमा भर पर्नेछ । सबै टिमको प्ले-अफ समीकरण

लिग अन्तर्गत शनिवार २ खेल हुँदैछन्। पहिलो खेल ३:४५ बजे दिउसो दिल्ली क्यापिटल्स र मुम्बई इन्डीएन्स बीच तथा दोश्रो खेल रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावाद बीच ७:४५ बजे राति खेलिनेछ ।

प्रकाशित मिति २०७७ कात्तिक १५ गते शनिबार ०१:२९
हजुरको प्रतिक्रिया