२०८३ साउन २१ गते बिहीबार

सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल

सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २० गते सोमबार १०:५९

एपीएफ आज तेस्रो जितको खोजीमा हुनेछ

 

काठमाडौं

सहिद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरणका खेलहरु आजबाट सुरु हुँदैछन् । सोमबार दुई खेलहरु हुनेछन् । दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा दिउँसो २ बजे हुनेछ ।

एपीएफ आज तेस्रो जितको खोजीमा हुनेछ । एपीएफ ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पुलिस लिगमा पहिलो जितको खोजिमा हुनेछ । पाँचौं चरणसम्म जित विहीन पुलिस पहिलो ३ अंकको योजनामा रहेको छ । पुलिस १ अंक जोडेर पुछारमा छ ।

एन्फा कम्प्लेक्समा संकटा क्लब र एफसी खुमलटारबीच प्रतिष्पर्धा हुनेछ संकटा र खुमलटारबीचको खेल दिउँसो २ बजे नै खेल हुनेछ ।

प्रकाशित मिति २०७९ चैत २० गते सोमबार १०:५९
हजुरको प्रतिक्रिया