२०८३ साउन २१ गते बिहीबार

क्रिस गेल : जसले बनाए टी–२० मा १००० छक्काको कीर्तिमान

क्रिस गेल : जसले बनाए टी–२० मा १००० छक्काको कीर्तिमान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १५ गते शनिबार ०१:३५

पाेखरा । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबारको खेलमा राजस्थान रोयल्सका विरूद्द ८ छक्कासहित ९९ रन जोडेका क्रिस हेनरी गेलले टी–२० क्रिकेट इतिहासमा अर्को कीर्तिमान बनाएका छन् । अबुधाबीस्थित शेख जायद रंगशालामा राजस्थानविरुद्ध...

पाेखरा । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबारको खेलमा राजस्थान रोयल्सका विरूद्द ८ छक्कासहित ९९ रन जोडेका क्रिस हेनरी गेलले टी–२० क्रिकेट इतिहासमा अर्को कीर्तिमान बनाएका छन् ।

अबुधाबीस्थित शेख जायद रंगशालामा राजस्थानविरुद्ध सातौं छक्का प्रहार गरेपछि गेल टी–२० इतिहासमा १००० छक्का प्रहार गर्ने पहिलो खेलाडी बने ।

४१ वर्षीय जमैकनको नाममा १००१ छक्का दर्ता भएको छ । त्यसमध्ये ३४९ छक्का आईपीएलमा प्रहार गरेका हुन् । यो संख्या आईपीएल इतिहासको पनि कीर्तिमान हो । गेलले सीपीएलमा १६२, बीपीएलमा १३२ र टी–२० विश्वकपमा ६० छक्का हानेका छन् ।

आईएपीएलमा एउटै म्याचमा सर्वाधिक रन जोडेको कीर्तिमान पनि उनकै नाममा छ । सन् २०१३ मा गेलले १७ छक्का र १३ चौका सहित ६६ बलमा १७५ रन बनाएका थिए ।

टी–२० मा गेलपछि सर्वाधिक ६९० छक्का किरोन पोलार्ड र ४८५ छक्का ब्रेनडोन म्याक्लुमले प्रहार गरेका छन् ।

प्रकाशित मिति २०७७ कात्तिक १५ गते शनिबार ०१:३५
हजुरको प्रतिक्रिया