२०८३ असोज २४ गते शनिबार

राप्रपा प्रमुख सचेतक बिन्दु पहाडी अस्पताल भर्ना, भोलि शल्यक्रिया

राप्रपा प्रमुख सचेतक बिन्दु पहाडी अस्पताल भर्ना, भोलि शल्यक्रिया

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २० गते सोमबार ०८:०३

उनको मंगलबार बिहान ९ बजे शल्यक्रिया गर्ने चिकित्सकहरुको तयारी छ ।

पोखरा

राष्ट्रिय प्रजातन्त्र पार्टीकी गण्डकी प्रदेश सभा सदस्य एवं संसदीय दल प्रमुख सचेतक बिन्दु अधिकारी पहाडी अस्पताल भर्ना भएकी छन् ।

हर्नियाको अप्रेसन गर्न पहाडी सोमबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) भर्ना भएकी हुन् । पहाडीलाई अस्पतालको भिआइपी कक्षमा राखिएको छ ।

उनको मंगलबार बिहान ९ बजे शल्यक्रिया गर्ने चिकित्सकहरुको तयारी छ ।

सरकारी अस्पतालमा विश्वास गर्नुपर्छ भन्ने मान्यतासहित आफू पोखराकै सरकारी अस्पतालमा भर्ना भएको सांसद पहाडीले बताइन् ।

प्रकाशित मिति २०७९ चैत २० गते सोमबार ०८:०३
हजुरको प्रतिक्रिया