२०८३ साउन २१ गते बिहीबार

पोखरामा लागु औषधसहित दुई जना पक्राउ

पोखरामा लागु औषधसहित दुई जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २० गते सोमबार ०८:०७

आइतबार राति वीरगञ्जबाट पोखरातर्फ आउँदै गरेको लु १ ख ६१७० नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीको टोलीले चेक जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

पोखराको पावर हाउसबाट प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका –३० पावर हाउसचोकबाट नियन्त्रित लागु औषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्सा जिल्ला सुघौली गाउँपालिका निवासी ३१ वर्षीय श्रीधन चौधरी र १७ वर्षीय किशोर छन् ।
आइतबार राति वीरगञ्जबाट पोखरातर्फ आउँदै गरेको लु १ ख ६१७० नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीको टोलीले चेक जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट लागु औषध नाईट्राभेट २ सय ४० ट्याब्लेट, डाईजेपाम २ सय एम्पुल, नुर्फिन २ सय एम्पुल र फेनारगन २ सय एम्पुल बरामद गरेको छ । उनीहरुमाथि लागु औषध मुद्धामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशित मिति २०७९ चैत २० गते सोमबार ०८:०७
हजुरको प्रतिक्रिया