२०८३ असोज २४ गते शनिबार

पोखरामा नगरबसले ओभरटेक गर्न नपाउने व्यवस्थामा कडाइ गरिने

पोखरामा नगरबसले ओभरटेक गर्न नपाउने व्यवस्थामा कडाइ गरिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २१ गते मंगलबार ०९:०५

बैठकले पोखरा महानगरपालिकाको प्रमुख शहरी क्षेत्रमा सञ्चालन हुने नगर बसका लागि अधिकतम गति निर्धारण गर्ने र कडाईका साथ पालना गराउने, नगर बस सञ्चालन हुने रुटमा मापढण्ड बमोजिक सिटि बस स्ट्याण्डको व्यवस्था गरी बस स्ट्याण्डबाट मात्र यात्रु उकाल्ने र ओराल्ने व्यवस्था गराउने, गति नियन्त्रण तथा ओभरटेक गर्न नपाउने व्यवस्था कडाइका साथ पालना गराउने निर्णय गरेको छ ।

पोखरा

पोखरामा १५ दिनको अन्तरालमा नगरबसले दुई जनाको ज्यान लियो । पोखराको चिप्लेढुंगा र न्यूरोड भएको दुवै दुर्घटनामा नगरबसको चरम लापरवाही देखिन्छ । पोखरा महानगरले नगर बसमा यात्रु ओराल्न र चढाउन निश्चित ठाउँ तोकेको छ । तर, अधिकांश नगर बसले त्यसको पालना गरेका छैनन् । आफूखुसी मनोमानी ढंगले यात्रु चढाउने र ओराल्ने गर्दै आएका छन् ।

जिल्ला ट्राफिक कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठकका अनुसार ९० देखि ९५ प्रतिशतसम्म सवारी दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको छ । चालु आर्थिक वर्षमा मात्रै कास्कीमा सवारी दुर्घटनाबाट २९ जनाको ज्यान गएको छ । जसमा २२ जना पुरुष, ५ जना महिला र २ जना बालबालिका छन् । अघिल्लो आर्थिक वर्षमा सडक दुर्घटनाकै कारण ५५ जनाले ज्यान गुमाएका थिए ।

ज्यानै लिने गरी भएको नगरबसको लापरवाहीविरुद्ध नागरिक समाजले जिल्ला प्रशासन कार्यालयको ध्यानकर्षण गराएको छ।   सोमबार  प्रमुख जिल्ला अधिकारी टेकबहादुरसँग छलफल गरी नगरबसको गति निर्धारण गर्ने सहमति गरेको अभियन्ता रामबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार दुर्घटना न्यूनिकरणका लागि जिल्ला प्रशासनसँग माइक्रोको अधिकतम गति निर्धारण गरी कडाइका साथ लागु गर्ने विषयमा छलफल भएको छ ।

बैठकले पोखरा महानगरपालिकाको प्रमुख शहरी क्षेत्रमा सञ्चालन हुने नगर बसका लागि अधिकतम गति निर्धारण गर्ने र कडाईका साथ पालना गराउने, नगर बस सञ्चालन हुने रुटमा मापढण्ड बमोजिक सिटि बस स्ट्याण्डको व्यवस्था गरी बस स्ट्याण्डबाट मात्र यात्रु उकाल्ने र ओराल्ने व्यवस्था गराउने, गति नियन्त्रण तथा ओभरटेक गर्न नपाउने व्यवस्था कडाइका साथ पालना गराउने निर्णय गरेको छ ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मात्रै पोखरामा १०५ वटा सवारी दुर्घटना भएका छन् । निजी जिपकार १९ वटा दुर्घटना हुँदा ११ वटा माइक्रो तथा बस नै दुर्घटनामा परेका छन् । सबैभन्दा बढी दुर्घटनामा मोटरसाइकल पने गरेको छ । ट्राफिक प्रहरीका अनुसार पछिल्लो २ वर्षमा २४८ सवारी दुर्घटनामा परी ८४ जनाको ज्यान गएको छ ।

पोखरामा पोखरा यातायात प्रालि, मामा यातायात प्रालि, बिन्ध्यवासिनी यातायात प्रालि, लेखनाथ यातायात प्रालि, ट्याक्सी व्यवसायीलगायतले नगर बस तथा माइक्रो चलाउँदै आएका छन् । पोखरामा सबैभन्दा धेरै नगर बस÷माइक्रो पोखरा यातायात प्रालिले चलाउँदै आएको छ । पोखरा यातायात प्रालिमार्फत अहिले ३ सय ७८ वटा बस(माइक्रो पोखरामा चल्छन् । विन्ध्यवासिनीका बस, माइक्रोसमेत अहिले पोखरा यातायातमार्फत नै चल्दै आएका छन् ।

प्रकाशित मिति २०७९ चैत २१ गते मंगलबार ०९:०५

हजुरको प्रतिक्रिया