२०८३ साउन २१ गते बिहीबार

भोलिदेखि पोखरामा बलियो नेपाल यू–१९ किक्रेट हुँदै

भोलिदेखि पोखरामा बलियो नेपाल यू–१९ किक्रेट हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २१ गते मंगलबार ०४:२०

लिग कम नकआउटको आधारमा टि–२० फर्मयाटको प्रतिस्पर्धामा ६ समूहले प्रतिस्पर्धा गर्ने बलियो नेपाल पोषण अभियानको वित्त तथा प्रशासन व्यवस्थापक प्रकाश बख्रेलले जानकारी दिए ।

चैत २७ गते फाइनल

पोखरा

बलियो नेपाल कप यू–१९ किक्रेट प्रतियोगिता हुने भएको छ । बलियो नेपाल पोषण अभियानको आयोजनामा बुधबारदेखि पोखरा रंगशालामा प्रतियोगिता हुँदैछ ।

लिग कम नकआउटको आधारमा टि–२० फर्मयाटको प्रतिस्पर्धामा ६ समूहले प्रतिस्पर्धा गर्ने बलियो नेपाल पोषण अभियानको वित्त तथा प्रशासन व्यवस्थापक प्रकाश बख्रेलले जानकारी दिए । उनका अनुसार इलाम, कर्णाली, स्टार, जनकपुर र पोखरा क्रिकेट एकेडेमीसँगै पल्सर क्रिकेट एक्सीलेन्स सेन्टरले प्रतिस्पर्धा गर्नेछन् ।

उद्घाटन खेलमा पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर र कर्णाली क्रिकेट एकेडेमीले प्रतिस्पर्धा गर्नेछन् । चैत २७ गते फाइनल हुनेछ ।

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उविजेताले २५ हजार हजार रुपैयाँ प्राप्त गर्नेछन् । इमर्जिङ प्लेयरले ५ हजार रुपैयाँ, बेस्ट बलर र बेस्ट ब्याट्समेनले ७/७ हजार रुपैयाँ र प्लेयर अफ दि सिरीजले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । हरेक खेलमा म्यान अफ दि म्याचले २ हजार ५०० रुपैयाँ प्राप्त गर्नेछन् ।

ग्रास किक्रेटको विकास गर्नलाई प्रतियोगिता आयोजना गरेको छुम्बी लामाले बताए । ‘केही वर्षपछि टेस्ट नेशन खेल्छ भन्ने उदेश्य छ । बलियो नेपालले खेलाडीहरु उत्पादन गर्दैछौं’, उनले भने ।

यो तेस्रो संस्करणको प्रतियोगिता हो । अघिल्लो वर्ष लुम्बिनी प्रदेशका १२ जिल्लाको सहभागितामा पहिलो संस्करण भएको थियो । दोस्रो संस्करण यही वर्षको असारमा काठामाडौंमा भएको थियो । दोस्रो संस्करणमा पाँच प्रदेशका टिमले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति २०७९ चैत २१ गते मंगलबार ०४:२०
हजुरको प्रतिक्रिया