२०८३ साउन २१ गते बिहीबार

म्याग्दीकाे बेनीमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

म्याग्दीकाे बेनीमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १५ गते शनिबार ०२:०४

पाेखरा । म्याग्दीको बेनी नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा एक हप्ताका लागि बन्द गरिएकाे छ । जिल्ला प्रशासन कार्यालय बेनीले एक सुचना जारी गर्दै शुक्रबार राती १२ बजेदेखि २१ गते राती १२ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सबै...

जाेखिम रहेका जिल्लाहरूबाट म्याग्दी प्रवेशमा राेक

पाेखरा । म्याग्दीको बेनी नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा एक हप्ताका लागि बन्द गरिएकाे छ । जिल्ला प्रशासन कार्यालय बेनीले एक सुचना जारी गर्दै शुक्रबार राती १२ बजेदेखि २१ गते राती १२ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा स्थगित भएकाे जनाएकाे छ ।

बेनी नगरपालिका कार्यालयकाे अत्यावश्यक बाहेकका सबै सेवा, वडा कार्यालयहरूका सबै सेवा, बैक तथा वित्तिय संस्थाहरू, सहकारी, अत्यावश्यक बाहेकका सबै प्रकारका पसलहरू बन्द गर्ने निर्णय गरिएकाे हाे ।

याे अवधीमा संक्रमण जाेखिम रहेका स्थानहरूमा जिल्लाहरूबाट म्याग्दी प्रवेश नगर्न समेत प्रशासनले अनुराेध गरेकाे छ ।

 

प्रकाशित मिति २०७७ कात्तिक १५ गते शनिबार ०२:०४
हजुरको प्रतिक्रिया