२०८३ असोज २४ गते शनिबार

‘स्पे’ र तरल बनाई सुन तस्करी

‘स्पे’ र तरल बनाई सुन तस्करी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २२ गते बुधबार ०७:२१

५७ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ५९ दशमलव २६ केजी तस्करीको सुन बरामद भएको छ ।

काठमाडौ

विमानस्थलबाट नयाँ शैली अपनाएर सुन तस्करी हुने गरेको पाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकारीले सुन तस्करी नरोकिएको तर, शैली बलिएको बताएका छन् ।

उनीहरुका अनुसार ‘स्पे’ र तरल बनाई सुत तस्करी हुने गरेको हो । पछिल्ला दिनमा तस्करीको शैली बदलिएको घटना सतहमा आएका छन् । ५७ महिनामा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको १ सय ५९ दशमलव २६ केजी सुन बरामद भएको छ । अहिलेको बजार भाउअनुसार बरामद सुनको मूल्य १ अर्ब ४४ करोड ६७ लाख ७२ हजार रहेको छ ।

यही अवधिमा देश भर ३ सय ७३ किलो सुन बरामद भएको नेपाल प्रहरीको भनाइ । प्रहरीका अनुसार अर्ध ठाेस बनाएर पनि सुन तस्करी हुने गरेकाे छ । नयाँ शैली अपनाएर सुन तस्करी गर्ने कार्यमा अधिकांश भारतीय नागरिक सम्लग्न भएको पाइएको छ ।                            नयाँ पत्रिका दैनिकमा समाचार छ ।

 

प्रकाशित मिति २०७९ चैत २२ गते बुधबार ०७:२१
हजुरको प्रतिक्रिया