२०८३ असोज २४ गते शनिबार

होटल व्यवसायी महासंघको गण्डकीको पहिलो महाधिवेशन पोखरामा

होटल व्यवसायी महासंघको गण्डकीको पहिलो महाधिवेशन पोखरामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २३ गते बिहीबार ०५:४९

चैत २५ र २६ गते पोखरामा महाधिवेशन हुने महासंघका अध्यक्ष अर्जुन चोखालले जानकारी दिए ।

पोखरा

होटल व्यवसायी महासंघको गण्डकीको पहिलो महाधिवेशन पोखरामा हुने भएको छ ।

चैत २५ र २६ गते पोखरामा महाधिवेशन हुने महासंघका अध्यक्ष अर्जुन चोखालले जानकारी दिए । उनका अनुसार अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

गण्डकीका ११ जिल्ला र स्थानीय तह इकाइका १२० प्रतिनिधि महाधिवेशनमा सहभागी हुने चोखालले बताए । महासंघमा होटल रेष्टुरेन्टसँग सम्बन्धित १५ संस्था आबद्ध छन् ।

महासंघको तथ्याङ्क अनुसार गण्डकीमा ६ हजार ५० होटल सञ्चालनमा छ । ५४ हजार बढीले रोजगारी पाएको अनुमान छ ।

प्रकाशित मिति २०७९ चैत २३ गते बिहीबार ०५:४९
हजुरको प्रतिक्रिया