२०८३ असोज २४ गते शनिबार

नेपाली सेनामा ६ सय २१ जनालाई जागीर खुल्यो

नेपाली सेनामा ६ सय २१ जनालाई जागीर खुल्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २४ गते शुक्रबार ०८:३५

आजको गोर्खापत्र दैनिकको पेज नम्बर १० मा विज्ञापन छापिएको छ । 

११ जना पुजारी माग

पोखरा
नेपाली सेनाले विभिन्न पदमा विज्ञापन खुलाएको छ । नेपाली सेनामा डाक्टर, इञ्जिनियरदेखि पुजारीसम्मको जागीर खुलेको हो ।

मेडिकल, इन्जिनियर, पुजारी, सैनिक कर्मचारीलगायत ६ सय २१ जनाको विज्ञापन सेनाले खुलाएको हो । अधिकृत र पदिक तथा विल्लादारमा सेलाले दरखास्त आह्वान गरेको हो ।

अधिकृत पदका लागि १ सय ३७ जनामा मेडिकलतर्फ सबैभन्दा धेरै ४४ जनाको माग गरिएको छ । पदिक तथा विल्लादारमा ४ सय ८४ जना, सैनिक कर्मचारी १ सय ५५ जना र ११ जना पुजारीको लागि पनि आवेदन माग गरिएको छ ।आजको गोर्खापत्र दैनिकको पेज नम्बर १० मा विज्ञापन छापिएको छ ।

 

प्रकाशित मिति २०७९ चैत २४ गते शुक्रबार ०८:३५
हजुरको प्रतिक्रिया