२०८३ साउन २१ गते बिहीबार

‘मान्छेको मुख थुन्नु हुँदैन’ सडक कवितावाचन कार्यक्रम हुने

‘मान्छेको मुख थुन्नु हुँदैन’ सडक कवितावाचन कार्यक्रम हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २४ गते शुक्रबार ११:२१

संविधानले व्यवस्था गरेका स्वतन्त्रतालाई बन्देज गर्ने कसैको अधिकार नभएकाले त्यसको सांकेतिक विरोधका रुपमा कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष डा. नारायणप्रसाद अधिकारी बताउँछन् ।

पोखरा

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले ‘मान्छेको मुख थुन्नु हुँदैन’ सडक कवितावाचन गर्ने भएको छ । पछिल्लो समय नेपालको संविधान विपरित राज्य पक्ष तथा विविध पक्षबाट भए गरेका अराजक गतिविधिलाई निरुत्साहन गर्नका लागि उक्त कार्यक्रम आयोजना गरिएको संस्थाका महासचिव मदन भण्डारीले जानकारी दिए ।

संविधानले व्यवस्था गरेका स्वतन्त्रतालाई बन्देज गर्ने कसैको अधिकार नभएकाले त्यसको सांकेतिक विरोधका रुपमा कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष डा. नारायणप्रसाद अधिकारी बताउँछन् ।

पछिल्लो समय राज्यमा सुशासन र सुव्यवस्था कायम नहुँदा एकातर्फ स्वेच्छिक मृत्युवरण गर्ने शृङ्खला बढेको भन्दै राज्यलाई खबरदारी गर्ने कार्यक्रम आयोजना गरिएको संस्थाका मानार्थ संरक्षक विश्वमोहन गौचनको धारणा रहेको छ ।

संस्थाले राज्य निकायबाट हरेक खराब तथा महत्वपूर्ण निर्णय रातको १२ बजे गर्ने भएकाले शनिवार मध्यान्हको १२ बजे पृथ्वीचोकमा कार्यक्रम आयोजना गरिएको प्रवक्ता ताराबहादुर गुरुङले जानकारी दिए ।

उक्त सडक कवितावाचन कार्यक्रममा वाचित उत्कृष्ट रचनालाई संस्थाले आफ्नो मुखपत्रमासमेत प्रकाशन गर्ने जनाइएको छ ।

प्रकाशित मिति २०७९ चैत २४ गते शुक्रबार ११:२१
हजुरको प्रतिक्रिया