२०८३ साउन २१ गते बिहीबार

बलियो नेपाल कपको तेस्रो दिनः पल्सर सिइसी र स्टार क्रिकेटको जित

बलियो नेपाल कपको तेस्रो दिनः पल्सर सिइसी र स्टार क्रिकेटको जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २४ गते शुक्रबार ०५:४०

दोस्रो खेलमा स्टारका सुमित पराजुली म्यान अफ दि म्याच घोषित भए ।

पोखरा

पोखरा रंगशालामा जारी बलियो नेपाल कप यू–१९ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा पल्सर सिइसीले इलाम क्रिकेट एकेडेमीमाथि ९७ रनको जित निकालेको छ । पल्सर सिइसीले इलाम क्रिकेट एकेडेमीलाई २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रनको लक्ष्य दिएको थियो । इलाम क्रिकेटले पल्सर सिइसीविरुद्ध ८ विकेट गुमाउदैँ ६५ रन मात्र बनाउन सक्यो । पल्सर सिइसीका रोशन साउद प्लेयर अफ दि म्याच घोषित भए ।

दोस्रो खेलमा स्टार क्रिकेट एकेडमीले जनकपुरलाई ४३ रनले हराएको छ । स्टार एकेडेमीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २५ रनको लक्ष्य दिएको थियो । जनकपुरले १९.१ ओभरमा १० विकेट गुमाँउदै ८२ रन बनायो । दोस्रो खेलमा स्टारका सुमित पराजुली म्यान अफ दि म्याच घोषित भए ।

चैत २७ गते फाइनल हुने प्रतियोगितामा इलाम, कर्णाली, स्टार, जनकपुर र पोखरा क्रिकेट एकेडेमीसँगै पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर सहभागी छन् । बलियो नेपाल पोषण अभियानको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उविजेताले २५ हजार हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित मिति २०७९ चैत २४ गते शुक्रबार ०५:४०
हजुरको प्रतिक्रिया