२०८३ साउन २१ गते बिहीबार

मिटरब्याज पीडितसँग वार्ता गर्न अर्को समिति पनि गठन

मिटरब्याज पीडितसँग वार्ता गर्न अर्को समिति पनि गठन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २४ गते शुक्रबार ०९:१७

सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

पोखरा । सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

अघिल्लो हप्ता नै सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आयोग बनाइसकेको थियो । तर मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समिति नामक पीडितको सङ्गठनले आन्दोलन गरिराखेकाले उनीहरूको माग समेट्ने गरी वार्ता समिति बनेको हो ।

पाँच सदस्यीय वार्ता समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जङ्गबहादुर डाँगी र प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य छन्। गृह मन्त्रालयका उपसचिव दीलकुमार तामाङलाई सदस्य सचिवको जिम्मा छ ।

प्रकाशित मिति २०७९ चैत २४ गते शुक्रबार ०९:१७
हजुरको प्रतिक्रिया