२०८३ असोज २३ गते शुक्रबार

विशेष

ठेकेदारहरु नै भन्छन्ः ठगहरुले निर्माण क्षेत्र बद्नामित गरे

ठेकेदारहरु नै भन्छन्ः ठगहरुले निर्माण क्षेत्र बद्नामित गरे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २५ गते शनिबार ०९:०३

'जोइन्ड भेन्चरको रुपमा काम लिने र अलपत्र छोड्ने गठहरुले गर्दा यो क्षेत्र बद्नामित'

घटिघटाउमा ठेक्का नहाल्न आह्वान

पाेखरा

ठेकेदार कम्पनीको नाम सुन्नेबित्तिकै व्यवसायीका बदममासीकै कारण नकरात्मक चित्र निर्माण गर्न सहयोगी बनेको निर्माण व्यवसायीहरुले नै बताएका छन् ।

निर्माण क्षेत्रमा ठगहरुको प्रवेशले बद्नामित गर्ने काम भएको भन्दै पोखरामा भेला भएका व्यवसायीहरुले सबैभन्दा पहिले आफैं सच्चिन आह्वान गरेका छन् ।

पोखरामा शनिबार भएको गण्डकी प्रदेश निर्माण व्यवसायी संघको दोस्रो साधारण सभामा बोल्दै व्यवसायीहरुले सबैभन्दा पहिले घटिकटाउमा ठेक्का हाल्नै छोड्नुपर्ने बताएका छन् ।

व्यवसायीहरुले ५० प्रतिशतभन्दा कम बिलोमा ठेक्का हाल्न र मन्त्रीदेखि कर्मचारीसम्मलाई ज्यूहजुरी गरेर ठेक्का पार्नेतिर लाग्न छोड्नुपर्ने बताएका हुन् ।

एकातिर उद्योग तथा निजी क्षेत्र संकटमा परेको र अर्कोतिर सरकार परिवर्तन भइरहने कारण पनि निर्माण व्यवसायी अप्ठेरोमा परेको निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रबि सिंहले बताए ।

निर्माण व्यवसायी चलायमान नभएकै कारण देशको अर्थतन्त्र सुस्ताएको अध्यक्ष सिंहको भनाइ थियो ।

स्थानीय तह, प्रदेश र संघसम्मकोे निर्वाचन आचारसंहिता लागेको, त्यसपछि पनि फेरि दलहरुले सत्तामा मात्रै ध्यान दिँदा व्यवसायीका समस्या जहाँकोत्यहीँ रहेको सिंहले बताए ।

सरकारले निकालेको स्टिमेटभन्दा ५० प्रतिशतसम्म कममा ठेक्का हाल्न सरकारले बाध्य नपारेको बरु व्यवसायीकै कमजोरी भएको उनीहरुको भनाइ छ ।

राहत प्याकेज घोषणा भइसकेपछि पनि घटिघटाउमा ठेक्का हाल्न नरोकिएको व्यवसायीले बताए ।

अहिले सरकारबाट काम गरेको भुक्तानीसमेत नपाउँदा व्यवसायी मारमा परेको र अर्कोतिर धमाधम कालो सूचीमा पनि परिरहेकोे व्यवसायी शिवशंकर गौचनको भनाइ छ ।

कर्मचारीले पैसा खानकै लागि भुक्तानी रोक्ने गरेको दृष्टान्त पनि गौचनले सुनाए ।

शक्तिको आडमा निर्माण क्षेत्रमा ठगहरुको प्रवेश भएको व्यवसायीहरुले नै साधारण सभामा आवाज उठाए ।

जोइन्ड भेन्चरको रुपमा काम लिने र अलपत्र छोड्ने गठहरुले गर्दा यो क्षेत्र बद्नामित भएको उनीहरुको गुनासो छ ।

घटिघटाउमा ठेक्का नहाल्न पनि पोखराबाट व्यवसायीहरुले आह्वान गरेका छन् ।

राज्यले निर्माण व्यवसायीमाथि गरेको उपेक्षा बिगतदेखि नै महसुस गर्दै आएको बताउँदै उनीहरुले पहिले आफू सच्चिने र सँगै सरकारलाई पनि खबरदारी गर्न संस्थागत लडाईं लड्ने बताएका छन् ।

गण्डकीको दोस्रो साधारण सभामा ११ वटै जिल्लाका व्यवसायी सहभागी रहेको सचिव महासचिव कृष्ण लम्सालले जानकारी दिए ।

संघका अध्यक्ष टंकराज बरालले सरकार निर्माण व्यवसायीको पक्षमा यसरी नैै अनुदार रहे चरणवद्ध आन्दोेलनमा उत्रिन साधारण सभामा आवाज उठेको बताए ।

प्रकाशित मिति २०७९ चैत २५ गते शनिबार ०९:०३
हजुरको प्रतिक्रिया