२०८३ असोज २४ गते शनिबार

गर्मी बढ्न थाल्यो, पोखराको तापक्रम २९.५ डिग्री सेल्सियस

गर्मी बढ्न थाल्यो, पोखराको तापक्रम २९.५ डिग्री सेल्सियस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २६ गते आइतबार ०८:०३

शनिबार पोखराको तापक्रम २९ दशमलव ५ डिग्री सेल्सियस रह्यो । काठमाडौको अधिकतम तापक्रम हिजो २९ डिग्री सेल्सियस थियो ।

पोखरा

मौसमा आएको सुधारसँगै तापक्रम बढेपछि गर्मी बढेको छ । बिहान र बेलुका अलि चिसो भएपनि दिउँसो गर्मी महसुस हुन थालेको छ ।

लगातारजसो पानी पर्दा चैत महिनाको मध्यसम्म पनि चिसो महसुस भएको थियो । तर, चैतको तेस्रो सातापछि मौसम सफा हुँदैगएपछि विस्तार गर्मी बढेको छ । सबैभन्दा धेरै गर्मी भैरहवामा छ ।

भैरहवाको तामक्रम शनिबार ३६ दशमलव ९ डिग्री सेल्सियस पुगेको थियो । शनिबार पोखराको तापक्रम २९ दशमलव ५ डिग्री सेल्सियस रह्यो । काठमाडौको अधिकतम तापक्रम हिजो २९ डिग्री सेल्सियस थियो ।
। आज सामान्यतया मौसम सफा नै रहने मौसम पूर्वामानुमान महाशाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति २०७९ चैत २६ गते आइतबार ०८:०३
हजुरको प्रतिक्रिया