२०८३ असोज २४ गते शनिबार

बलियो नेपाल कपको उपाधि स्टारलाई

बलियो नेपाल कपको उपाधि स्टारलाई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २७ गते सोमबार ०२:१६

पोखरा रंगशालामा सोमबार भएको फाइनलमा स्टारले कर्णाली क्रिकेट एकेडेमीलाई ७ विकेटले हराउँदै उपाधि आफ्नो पोल्टामा पारेको हो । 

पोखरा

बलियो नेपाल कप यू–१९ क्रिकेट प्रतियोगिता २०२३ को उपाधि स्टार क्रिकेट एकेडेमीले जितेको छ ।

पोखरा रंगशालामा सोमबार भएको फाइनलमा स्टारले कर्णाली क्रिकेट एकेडेमीलाई ७ विकेटले हराउँदै उपाधि आफ्नो पोल्टामा पारेको हो ।  कर्णाली क्रिकेट एकेडेमीले दिएको ७३ रनको लक्ष्य पछ्याएको स्टार क्रिकेटले ९ दशमलब ५ ओभरमा ३ विकेट गुमाएर ७६ रन बनायो । पहिले ब्याटिङ गरेको कर्णालीले १९ दशमलब १ ओभरमा १० विकेट गुमाउँदै ७२ रन बनाएको थियो ।

बलियो नेपाल पोषण अभियानको आयोजनामा भएको प्रतियोगिताको विजेता स्टार क्रिकेटले ५० हजार रुपैयाँ र उपविजेता कर्णाली क्रिकेट एकेडेमीले २५ हजार हजार रुपैयाँ हात पारेका छन् ।

गत बुधबारबाट सुरु भएको प्रतियोगितामा इलाम, कर्णाली, स्टार, जनकपुर र पोखरा क्रिकेट एकेडेमीसँगै पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर सहभागी थिए । सोहि अवसरमा बलियो नेपाल पोषण अभियानले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई आइसिसि विश्व कप क्रिकेटको क्वालिफायरमा पुर्याउन अमुल्य योगदान दिएको भन्दैे राष्ट्रिय टिमका खेलाडी करण केसीलाई सम्मान पनि गरेको छ ।

प्रकाशित मिति २०७९ चैत २७ गते सोमबार ०२:१६
हजुरको प्रतिक्रिया