२०८३ असोज २४ गते शनिबार

स्वर्णिमलाई लौरोको समर्थन

स्वर्णिमलाई लौरोको समर्थन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २८ गते मंगलबार ०९:१६

राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त अर्थविद् भएको र उनको आवश्यकता हालको अवस्थामा संसदमा रहेकाले समर्थन गरेको पराजुलीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

पोखरा

तनहुँ १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका स्वर्णिम वाग्लेलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले समर्थन गर्ने भएको छ । लौरोका उम्मेदवार विष्णु पराजुलीले उम्मेदवारी निष्क्रिय पार्दै समर्थन गर्ने निर्णय गरेका हुन् ।

राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त अर्थविद् भएको र उनको आवश्यकता हालको अवस्थामा संसदमा रहेकाले समर्थन गरेको पराजुलीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।आइतबार मात्रै राप्रपाकी उम्मेदवार शोभा गुरुङ चेक अनादरको मुद्दामा दोषी ठहर भएकी छन् ।

उपनिर्वाचनका लागि ९ जनाले उम्मेदवारी दिएका थिए । मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेबीच हुने देखिन्छ ।

प्रकाशित मिति २०७९ चैत २८ गते मंगलबार ०९:१६
हजुरको प्रतिक्रिया