२०८३ साउन २१ गते बिहीबार

गुरुङ समुदायले मनाए ट्होटे पर्व

गुरुङ समुदायले मनाए ट्होटे पर्व

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २८ गते मंगलबार ०५:०७

यो पर्व मनाउनाले रोग व्याधी हट्ने, प्राकृतिक प्रकोप कम हुने, खेतीबाली राम्रो हुने, सुख–शान्ति प्राप्त हुने जनविश्वास छ ।

पोखरा

पोखराका गुरुङ समुदायले मंगलबार सांस्कृतिक पर्व ट्होटे मनाएका छन् ।

गुरुङ भाषामा ‘ट्हो’को अर्थ राज्य र ‘टे’को अर्थ धपाउने भन्ने हुन्छ । यो पर्व मनाउनाले रोग व्याधी हट्ने, प्राकृतिक प्रकोप कम हुने, खेतीबाली राम्रो हुने, सुख–शान्ति प्राप्त हुने जनविश्वास छ ।

पर्वको अवसरमा परम्परागत भेषभूषामा नाचगान गर्दै झांकीसहितको र्यालीले बजार परिक्रमा गरेको थियो । पोखराको रंगशालाबाट सुरु भएको र्याली पृथ्वीचोक हुँदै नयाँबजारस्थित तमु धीं नेपालको परिसरमा पुगेर औपचारिक कार्यक्रममा बदलिएको थियो ।

गुरुङ समुदायको साझा संस्था तमु धीं नेपालको अगुवाइमा २०५२ सालदेखि पोखरामा ट्होटें पर्व मनाइँदै आएको छ । साउन र चैत महिनाको अन्तिम मंगलबार गुरुङ र तामाङ समुदायले यो पर्व मनाउने प्रचलन छ ।

प्रकाशित मिति २०७९ चैत २८ गते मंगलबार ०५:०७
हजुरको प्रतिक्रिया