पोखरा
पब्लिक फोर के टेलिभिजनकर्मी दुर्गा राना मगरसहित ४ जना पत्रकार पोखरामा पुरस्कृत भएका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीले रानालाई जगन्नाथ सिग्देल युवा प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
बुधबार महासंघले आयोजना गरेको कार्यक्रममा उनलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्विमान गुरुङले पुरस्कृत गरे । पुरस्कारको राशि नगद ११ हजार १११ रुपैयाँ छ । एक दशक लामो समयदेखी पत्रकारितामा क्रियाशिल राना पब्लिक फोरके टेलिभिजनको अनलाइन सम्पादक हुन् ।

यस्तै अघिल्लो वर्षको जगन्नाथ सिग्देल युवा प्रोत्साहन पत्रकारिता पुरस्कारबाट गौरव त्रिपाठी पुरस्कृत भएका छन् । पोखरा पत्रकारिता सम्मान २०७७ बाट नवीन सिग्देल ३५ हजार रुपैयाँ सहित पुरस्कृत भए । टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७८ भुपाल गुरुङलाई प्रदान गरिएको छ । पुरस्कार राशि २० हजार १११ रुपैयाँ छ । संस्थागत सम्मान २०७८ लक्ष्मी हाउसले प्राप्त गरेको छ ।
प्रकाशित मिति २०७९ चैत २९ गते बुधबार ०३:२४