२०८३ साउन २१ गते बिहीबार

आइतबार पोखराका १५८ जनासहित प्रदेशमा २५२ मा काेराेना पुष्टि

आइतबार पोखराका १५८ जनासहित प्रदेशमा २५२ मा काेराेना पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १६ गते आइतबार १२:५६

पाेखरा । आइतबार दिउँसो १२:४५ बजेसम्म गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको अपडेटका अनुसार पाेखरा महानगरपालिकामा थप ५६ जना कोभिड- १९ संक्रमित थपिएका छन । यससंगै आइतबार १२:४५ बजेसम्म पोखरा महानगरपालिकामा १५८ जनामा कोरोना...

स्थिती भयावह बन्दै

पाेखरा । आइतबार दिउँसो १२:४५ बजेसम्म गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको अपडेटका अनुसार पाेखरा महानगरपालिकामा थप ५६ जना कोभिड- १९ संक्रमित थपिएका छन । यससंगै आइतबार १२:४५ बजेसम्म पोखरा महानगरपालिकामा १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

यसअघी पोखरामा बिहानै १०० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियो । रूपा गाउँपालिकाका २ जना सहित कास्कीमा १६० जना संक्रमित भेटिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

निर्देशनालयले जारी गरेकाे विज्ञप्ती अनुसार गण्डकी प्रदेशमा थप २५२ जनामा काेराेना पुष्टि भएकाे छ । जसअनुसार कास्कीमा १६० जना, नवलपरासीमा ३१ जना, गाेरखामा ११ जना, तनहुँमा २५ जना, लमजुङमा ११ जना, स्याङजामा ७ जना, बाग्लुङमा ४ जना, पर्वतमा ३ जना र म्याग्दीमा २ जना संक्रमित भेटिएकाे निर्देशनालयले जनाएकाे हाे ।

यससंगै गण्डकी प्रदेशमा कुल संक्रमितकाे संख्या ७ हजार ५६८ पुगेकाे छ ।

प्रकाशित मिति २०७७ कात्तिक १६ गते आइतबार १२:५६
हजुरको प्रतिक्रिया