गण्डकी प्रदेशमा कुल संक्रमितकाे संख्या ७ हजार ७४० पुग्याे
पाेखरा । गण्डकी प्रदेशमा वितेकाे २४ घण्टामा काेराेना भाइरसकाे संक्रमणका कारण थप ५ जनाकाे ज्यान गएकाे छ । प्रदेशमा याे संगै मृत्यु हुनेकाे संख्या ८० पुगेकाे छ ।यस्तै, गत २४ घण्टामा प्रदेशभर कुल ४२४ जना संक्रमित थपिएका छन ।
मृत्यु हुनेहरूमा अन्नपूर्ण गाउँपालिका- ३ निवासी ४७ बर्षीय एक पुरुषको १५ गते राती ११ : ३० बजे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारकै क्रममा निधन भएको हाे ।
यस्तै, नवलपरासी (ब.सु.पु.) जिल्ला, कावासोती-६ का ६७ बर्षिय पुरुष र सोहि जिल्ला गैडाकोट-२ का ७७ बर्षिय महिलाको होम आइसोलेशनमा २०७७/०७/१५ गते निधन भएको हाे ।
यसैगरी पोखरा महानगरपालिका-९ का ६२ बर्षिय महिलाको समेत पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा मिती २०७७/०७/१५ गते नै दुखद निधन भएको छ ।

पाेखरा- १७ निवासी ६० बर्षीय पुरूषकाे १६ गते बिहान ११ : ५५ बजे उपचारकै क्रममा निधन भएपछि प्रदेशमा गत २४ घण्टाका विचमा थप ५ जनाकाे ज्यान गएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

यता आइतबार गण्डकी प्रदेशमा थप ४२४ जना संक्रमित थपिएका छन । जसमध्ये कास्कीका २८३ जना, तनहुँका ४१ जना, नवलपरासीका ३१ जना, लमजुङका १९ जना, पर्वतका १३ जना, गाेरखाका १२ जना, स्याङजाका १० जना, बाग्लुङका ९ जना, म्याग्दीका ६ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले उल्लेख गरेकाे छ ।
यससंगै गण्डकी प्रदेशमा हालसम्म काेराेना भाइरसबाट संक्रमित हुनेकाे कुल संख्या ७ हजार ७४० पुगेकाे छ ।
प्रकाशित मिति २०७७ कात्तिक १६ गते आइतबार ०८:३६




