२०८३ साउन २१ गते बिहीबार

आज नयाँ वर्षको पहिलो दिन, शुभकामना साटासाट गरी मनाइँदै

आज नयाँ वर्षको पहिलो दिन, शुभकामना साटासाट गरी मनाइँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १ गते शुक्रबार ०७:५५

नयाँ वर्षको अवसरमा दर्शक, शुभेच्छुक, बिज्ञापनदाता लगायत सबै नेपालीमा पब्लिकटिभीडटकमडटएनपी शुभकामना व्यक्त गर्दछ ।

पोखरा
आजबाट नयाँ वर्ष २०८० सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन अज वैशाख १ गते । नयाँ वर्षको पहिलो दिन सार्वजनिक बिदा । आज स्वेदश तथा विदेशमा रहेका नेपालीहरुले एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।
आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी नयाँ योजनाको संकल्प गर्दछन् । नयाँ वर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र विभिन्न राजनीतिक दलका नेताहरुले देश–विदेशमा रहने नेपालीहरुमा शुभकाना व्यक्त गरेका छन् ।

आज पोखरासहित देशका पर्यटकीय क्षेत्रहरुमा विशेष चहल पहल छ । नयाँ वर्षको अवसरमा पिकनिक जाने, विभिन्न स्थानमा घुम्न जाने, साथीसंगी भेला भएर रमाइलो गर्ने र मन्दिरमा गएर पूजा गर्ने नेपालीहरुको प्रचलन छ ।

सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । नयाँ वर्षमा आन्तरिक पर्यटक प्रवद्र्धन गर्न फेवाताल किनारमा फेवा नव वर्ष महोत्सव आयोजना गरिएको छ । महोत्सव आज सकिँदैछ ।

नयाँ वर्षको अवसरमा दर्शक, शुभेच्छुक, बिज्ञापनदाता लगायत सबै नेपालीमा पब्लिकटिभीडटकमडटएनपी शुभकामना व्यक्त गर्दछ ।

प्रकाशित मिति २०८० वैशाख १ गते शुक्रबार ०७:५५
हजुरको प्रतिक्रिया