२०८३ कात्तिक ११ गते मंगलबार

सेती खोँचमा खसेकी बालिका भेटिइन्, अवस्था अचेत

सेती खोँचमा खसेकी बालिका भेटिइन्, अवस्था अचेत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २ गते शनिबार ०५:५३

जिल्ला प्रहरी कार्यालयका कास्कीका अनुसार वडा नं १५ सेती नदीको खोंचमा खसेर शनिबार दिउँसो बेपत्ता भएकी १२ वर्षीया स्मृति पराजुली अचेत अवस्थामा भेटिएकी हुन् ।

पोखरा । पोखराको सेती नदी खोंचमा खसेर बेपत्ता भएकी बालिका भेटिएकी छन् ।

जिल्ला प्रहरी कार्यालयका कास्कीका अनुसार वडा नं १५ सेती नदीको खोंचमा खसेर शनिबार दिउँसो बेपत्ता भएकी १२ वर्षीया स्मृति पराजुली अचेत अवस्थामा भेटिएकी हुन् ।

दिउँसो ३ बजेदेखि हराइरहेकी उनी साँझ साढे ५ बजे भेटिएकी हुन् । ‘सकुशल भेटेर गण्डकी अस्पताल लगिएको छ,’ कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकले भने ।

पराजुली पोखरा–८ नागढुंगा निवासी हुन् । उनी साथीहरूसँग उक्त खोँचतर्फ गएको खुलेको छ ।

उनको वडा प्रहरी कार्यालय रामबजार कास्कीका प्रहरी निरीक्षक माधव केसी र गण्डकी प्रदेश प्रहरी गण रेस्क्यु टोलीले उद्दार गरेको हो ।

प्रकाशित मिति २०८० वैशाख २ गते शनिबार ०५:५३
हजुरको प्रतिक्रिया