नवलपुर
नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा मसिंरकै नतिजा दोहोरिए पुन उपनिर्वाचन हुनसक्ने बताएका छन् ।
रवि लामिछानेको नागरिता तथा राहदानी घटनालाई संकेत गर्दै अझै समस्या निरुपण नभएकोले पुरानै नतिजा आए पुन निर्वाचन हुन सक्ने उनको जिकिर छ । प्रेस चौतारी चितवन शाखाले आइतबार गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले नेकपा एमाले पार्टीको स्थापना भएको ७० वर्ष पछि सुशासनको कुरा उठेपनि राष्ट्रिय स्वतन्त्र पार्टीमा भने स्थापनाको ७ महिनाकै अवधिमा सुशासनको कुरा उठेको बताए ।
एकीकृत समाजवादी र माओवादीको आफ्नो उम्मेदवार नभएकाले एमालेका उम्मेदवारलाई सहयोग गर्न उनको अपिल छ ।
प्रकाशित मिति २०८० वैशाख ३ गते आइतबार ०७:४३