२०८३ असोज २४ गते शनिबार

सेती नदीको जोखिम क्षेत्रमा तारबार गर्न माग (भिडियो)

सेती नदीको जोखिम क्षेत्रमा तारबार गर्न माग (भिडियो)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख ३ गते आइतबार ०८:३५

कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा (एमाले) की सांसद विद्या भट्टराईले पोखराको सेती नदीको जोखिम क्षेत्रमा तारबारसहितको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेकी छन् ।

पोखरा । कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा (एमाले) की सांसद विद्या भट्टराईले पोखराको सेती नदीको जोखिम क्षेत्रमा तारबारसहितको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेकी छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शनिबार सेती नदीको खोजमा परी स्थानीय १२ वर्षीय बालिका स्मृति पराजुलीको ज्यान गएको दुःखद् घटनाको बारेमा संसदमा जानकारी गराएकी हुन् ।

सरकारले विज्ञहरुले दिएको सुझाव अनुसार त्यहाँको सुख्खा पहिरो नियन्त्रणका लागि पनि तत्काल योजना बनाएर काम गर्नुपर्ने उनको भनाइ छ ।

सांसद भट्टराईले भूगर्भविद्हरुले सेती नदीको कारण ठूलै क्षति हुन सक्ने औंल्याएको उल्लेख गर्दै सरकारले उनीहरुले दिएको सुझाव अनुसार त्यसको संरक्षणमा लाग्नुपर्ने पनि बताइन् ।

प्रकाशित मिति २०८० वैशाख ३ गते आइतबार ०८:३५
हजुरको प्रतिक्रिया