२०८३ साउन २१ गते बिहीबार

राेचक बन्याे आईपीएलकाे प्लेअफ, कसकाे सम्भावना कति ?

राेचक बन्याे आईपीएलकाे प्लेअफ, कसकाे सम्भावना कति ?

मन क्षेत्री

@Public 4K Tv

२०७७ कात्तिक १७ गते सोमबार ०८:०४

पाेखरा । दुबइमा जारी आईपीएलकाे याे सिजनमा अनेकाै अडकलबाजी र राेचक प्रतिष्पर्धाका विच प्लेअफ यात्राकाे टुङ्गाे लाग्दैछ । डिफेन्डिङ च्याम्पिएन मुम्बइ इन्डियन्सले प्लेअफमा आफूलाइ सुरक्षित गरेकाे छ भने दिल्ली, बैग्लाेर, हैदराबाद...

दिल्ली, बैग्लाेर, हैदराबाद र काेलकतामध्ये काे बलियाे ?

पाेखरा । दुबइमा जारी आईपीएलकाे याे सिजनमा अनेकाै अडकलबाजी र राेचक प्रतिष्पर्धाका विच प्लेअफ यात्राकाे टुङ्गाे लाग्दैछ । डिफेन्डिङ च्याम्पिएन मुम्बइ इन्डियन्सले प्लेअफमा आफूलाइ सुरक्षित गरेकाे छ भने दिल्ली, बैग्लाेर, हैदराबाद र काेलकताकाे सम्भावना जिवितै छ । यता, चेन्नाइ, पन्जाव र राजिस्थानले याे सिजन लिग चरणमै चित्त बुझाउनु परेकाे छ । मुम्बइ बाहेकका बाँकी ४ टिम मध्ये अझै जाे पनि बाहिरिन सक्छ र जाे पनि प्लेअफमा सुरक्षित हुनसक्ने सम्भावना छ । यसर्थ, प्लेअफ रेसकाे बाँकी खेल सवैका लागि गर या मरकाे स्थितिमा छ ।

मुम्बईले प्लेअफ तथा शिर्ष-२ मा स्थान पक्का गरिसकेको छ । यता, राजस्थानलाइ ६० रनले पराजित गर्दै काेलकता १४ खेलमा ७ जित र ७ हार बेहोर्दै १४ अंक सहित अंकतालिकाकाे चौथो स्थानमा उक्लेको छ।

अब कोलकाताले प्लेअफ पुग्नको लागि हैदरावाद अन्तिम खेलमा मुम्बईसंग पराजित हुनुपर्नेछ। यदी हैदरावादले मुम्बईलाई पराजित गरेको खण्डमा हैदरावादको पनि १४ अंक हुनेछ भने बैंगलोर र दिल्ली बीच पराजित हुने टिमको पनि १४ अंक हुनेछ ।  प्ले-अफ पुग्ने टिमको फैसला नेट रन रेटमा हुनेछ। दिल्ली र बैंगलोर बीचको खेलमा पराजित हुने टिम कोलकाता भन्दा नेट रन रेटमा पछि भएको खण्डमा कोलकाता प्लेअफ पुग्नेछ।

राजस्थानसंगकाे प्रतिष्पर्धामा काेलकताले खेलमात्र जितेन उसले आफ्नाे कमजाेर रन रेट समेत सुधार गरेकाे छ । यसैले दिल्ली र बैग्लाेरविचकाे प्रतिष्पर्धा काेलकताका लागि मात्र हाेइन लिगमा शानदार शुरूवात गरेका दिल्ली र बैग्लाेरका लागि समेत राेचक बनेकाे छ । ठुलाे अन्तरकाे पराजय दिल्ली र बैग्लाेर दुवैका लागि घातक हुनेछ । रन रेट कमजाेर हुने गरि ठुलाे अन्तरकाे पराजय व्यहाेरेकाे अवस्थामा काेलकतालाइ फाइदा पुग्नेछ भने पराजित टाेली प्लेअफकाे रेसबाट बाहिरिन सक्नेछ ।

यता, मंगलबार मुम्बइसंग हुने हैदराबादकाे खेल पनि हैदराबादका लागि गर या मरकाे खेल हुनेछ । जितेकाे अवस्थामा उसकाे प्लेअफ सुरक्षित हुनेछ भने हारले उसलाइ याे रेसबाटै बाहिर धकेल्नेछ । यसाे हुँदा हारका बाबजुद बैग्लाेर या दिल्ली तथा काेलकता प्लेअफमा सुरक्षित रहनेछन ।

लिग अन्तर्गत अब मात्र २ खेल बाँकी रहेका छन्। सोमबार दिल्ली र बैंगलोर तथा मंगलबार लिगको अन्तिम खेलमा हैदरावाद र मुम्बईले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति २०७७ कात्तिक १७ गते सोमबार ०८:०४
हजुरको प्रतिक्रिया