२०८३ असोज २४ गते शनिबार

आइटिएफको विश्व वरियतामा पोखराका अभिषेक

आइटिएफको विश्व वरियतामा पोखराका अभिषेक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख ५ गते मंगलबार ०६:५५

उनी आइटीएफको विश्व वरियतामा १ हजार ७९० औं स्थानमा परेका हुन् ।

पोखरा

पोखरेली टेनिस खेलाडी अभिषेक बाँस्तोला आइटिएफको विश्व वरियतामा परेका छन् । उनी आइटीएफको विश्व वरियतामा १ हजार ७९० औं स्थानमा परेका हुन् ।

अभिषेक आइटिएफको विश्व वरियतामा पर्ने पहिलो नेपाली खेलाडी हुन् । उनले युनिभर्सल टेनिस रेटिङ प्रोफेशनल सिरिज खेलेका थिए । यो स्तरको खेल खेल्ने अभिषेक नेपालकै पहिलो खेलाडी भएको दाबी गरिएको छ ।

अभिषेकले ८ वर्षको उमेरदेखि नै टेनिस खेल्न सुरु गरेका हुन् । १४ राष्ट्रमा आयोजित टेनिस प्रतियोगितामा सहभागिता जनाएका उनले १३ वर्षको उमेरमा अन्तर्राष्ट्रियस्तरको खेल खेलका थिए । कोरियाको इन्चोनमा भएको १७ औं एशियन गेम्समा सहभागिता जनाईसकेका छन् ।

२०१७ मा काठमाठौंमा भएको १४ औं राष्ट्रिय लन टेनिसमा अभिषेक च्याम्पियन बन्न सफल भए । अभिषेकले विश्व वरियताको १ हजार स्थानमा उक्लने लक्ष्य लिएका छन् । ‘२०२४ को ओलम्पिक खेल्ने । त्यसपछि ग्रान्ड स्लाम खेल्ने सपना छ’, उनले भने, ‘ग्रान्ड स्लाम भनेको हाम्रो सबैभन्दा ठुलो इभेन्ट हो । त्यसमा खेल्न वल्डको दई तीन सयमा आइपुग्नुपर्छ ।’

विश्व वरियतामा आफ्नो खेल जीवनमा नयाँ सुरुवात भएको उनले बताए । यो स्थानसम्म आउन आफुले थुप्रै त्याग गरेको बास्तोलले बताए ।

राज्यकोतर्फ टेनिस खेललाई प्राथमिकता नभएको उनले गुनासो गरे । राज्यले साथ नदिएपनि टेनिस खेलबाट नेपाललाई चिनाउने लाग्ने उनको भनाइ छ ।

टेनिस संघका केन्द्रिय उपाध्यक्ष विनोद कायस्थ्यले राज्यको सहयोग बिना नै व्यक्तिगत मेहनतले अभिषेकले प्राप्त गरेको सफलता प्रशसंनीय रहेको बताए ।

‘यो अवस्थामा ल्याउन राज्यले पनि धेरै सहयोग गर्नपर्ने हो । एशोसियसनले पनि सहयोग गर्न पर्ने हो । त्यो अवस्था हुन सकेको छैन’, उनले भने ।

प्रकाशित मिति २०८० वैशाख ५ गते मंगलबार ०६:५५
हजुरको प्रतिक्रिया