पाेखरा
आमाको मुख हेर्ने दिनको पूर्व सन्ध्यामा पोखरामा ‘आमा भनेकै आमा हुन्’ गीतको भिडियो सार्वजनिक भएको छ । पत्रकार सञ्जय मल्लको शब्दलाई गायक बिनोद बानियाले संगीत तथा आवाज दिएको गीतको भिडियो बुधबार लोकार्पण गरिएको हो ।
नेत्र गुरुङको निर्देशन गरेको गीति भिडियोको गीतकार सञ्चय मल्लको आमा चिजमाया मल्ल र गायक बिनोद बानियाको शान्ति बानियाले लोकार्पण गरे । आमाको मुख हेर्ने दिनको अघिल्लो दिन संसारका आमाहरुको समर्पणमा गीति भिडियो सार्वजनिक गरिएको गीतकार मल्लले बताए ।
मल्लले ८ वर्षअघि लेखेको कविताले मन परेर साथी भाइ मिलेर आमाहरुको सम्मानमा भिडियो बनाउनुपर्छ भनेर काम थालिएको गायक बानियाले बताए । भिडियो लोकर्पण समारोहमा सर्जन मल्ल र गायक बानियाका आमालाई पनि सम्मान गरिएको थियो ।
भिडियो लोकापर्ण समारोहमा बोल्दै गीतकार तथा वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठले आमा शब्द सुन्नेबित्तिकै आफू भावविह्वल हुने बताए । नेपाल लेखक संघका अध्यक्षसमेत रहेका श्रेष्ठले आफैं आमा सम्बन्धि थुप्रै कविता र गीत लेखेका छन् ।
उनले आमा भिडियो लोकापर्ण र आमाहरुको सम्मानपछि आफूलाई आमा भइदिएको भन्ने लागेको सुनाउँदै श्रेष्ठले अहिले नेपाल आमा पनि सबैभन्दा धेरै दुखी बनेको बताए ।
प्राज्ञ तथा वरिष्ठ गायिका हरिदेवी कोइरालाले आमासम्बन्त्री थुप्रै गीत, कविता आफूले पनि लेखेको तर कसैले पनि आमाको व्याख्या वा परिभाषा दिन नसक्ने बताइन् ।
पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले पोखरामा बसेर सिर्जनात्मक चकचक गरिरहन मन पराउने सञ्चय र विनोदले आमाहरुको सम्मानमा अर्को सुन्दर काम गरेको बताए । आम मान्छेले बाँचेको जीवनलाई गीतले उजागर गरेको पौडेलको भनाइ थियो ।
कार्यक्रममा भिडियोमा आमाको भूमिका निर्वाह गरेकी खिमकुमारी सुवेदीलाई सम्मान पनि गरिएको थियो । कार्यक्रमका अध्यक्ष तथा नेत्र इन्टरटेन्डमेन्टका नेत्र गुरुङले यो गीतको शब्द सुन्नेबित्तिकै यसमा काम गर्नुपर्छ भन्ने लागेको र भिडियो बनाउन पात्रहरुको खोजिमा लागि हालेको बताए ।
हेर्नुहोस्, भिडियो
प्रकाशित मिति २०८० वैशाख ६ गते बुधबार ०८:५१




