२०८३ साउन २१ गते बिहीबार

पोखरामा २ जना नर्ससहित थप २० जनामा कोरोना पुष्टि

पोखरामा २ जना नर्ससहित थप २० जनामा कोरोना पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ २१ गते आइतबार ०७:२९

पोखरा महानगर भित्र संक्रमण पुष्टि हुनेमा पार्कल्याण्ड अस्पताल अमरसिंह चोकमा कार्यरत २० र २३ वर्षीया स्टाफ नर्स, महानगरका ३, ४, ७, ८, १० र २७ वडाका ६ महिला र १४ जना पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

गण्डकीमा ६९ संक्रमित थपिए

पोखरा । पोखरामा एक अस्पतालका २ जना नर्ससहित थप २० जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान कास्कीको पोखरा महानगरका २०जना सहित प्रदेशका गोरखा, बागलुङ, स्याङजा, लमजुङ, तनहुँ र नवलपुर जिल्लामा गरी ६९ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । पोखरा महानगर भित्र संक्रमण पुष्टि हुनेमा पार्कल्याण्ड अस्पताल अमरसिंह चोकमा कार्यरत २० र २३ वर्षीया स्टाफ नर्स, महानगरका ३, ४, ७, ८, १० र २७ वडाका ६ महिला र १४ जना पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी आइतबार बिहान नै बागलुङ काठेखोलाका २१ र २७ वर्षका २ पुरुष तथा ४६ वर्षीया महिला , स्याङजा पुतलीबजारका २४ देखि ७६ वर्ष उमेर समुहका २१ पुरुष तथा ४५ वर्षीया एक महिला , लमजुङ बेसीसहरका २९ वर्षका पुरुष तथा ३१ वर्षीया महिला, तनहुँका ४ पालिकाका २४ देखि ७६ वर्ष उमेर समुहका ६ पुरुष तथा २३ वर्षीया एक महिला , गोरखा आरुघाट र पालुङटारका २८ र ३८ वर्षीय २ पुरुष तथा नवलपुर मध्यबिन्दु नगरपालिकाका १२ वर्षीय बालकदेखि ४४ वर्ष उमेर समुहका ११ पुरुष तथा ४५ र ५२ वर्षीया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय १६ पुगेको छ ।

प्रकाशित मिति २०७७ भदौ २१ गते आइतबार ०७:२९
हजुरको प्रतिक्रिया