पोखरा
कास्कीको माछापुच्छ्रेमा गाउँपालिकामा भालुको आक्रमणमा परी एक वृद्ध गम्भीर घाइते भएका छन् । घाइते हुनेमा माछापुच्छ्रेमा गाउँपालिका वडा नं. ९ का ६१ वर्षीय गुञ्जबहादुर थापामगर छन् ।
बिहान करिब सवा ८ बजे खाना खाएर सोही वडाको क्रन्डू जंगलमा घाँसदाउरा गर्न जानेबेला भालुले आक्रमण गरेको वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए । घाइते थापाको अहिले उपचारका लागि पोखरा फिस्टेल अस्पतालमा भर्ना गरिएको छ । ‘उहाँको अनुहार, गुप्तांगतिर आक्रमण गरेकाले अवस्था गम्भीर छ,’ उनले भने ।
योसँगै क्रन्डू जंगलमा भालुको आक्रमणबाट घाइते हुनेको संख्या पछिल्लो ३ वर्षमा ३ वटा पुगेको छ । वडाध्यक्ष क्षेत्रीका अनुसार क्रम्डू जंगलमा परम्परागत रुपमा भेडा, बाख्रा गोठालाका गोठ हुने भएकाले भालुले बढी आक्रमण गर्ने गरेको छ ।
‘त्यो एक्याप क्षेत्रभित्र पर्छ । त्यहाँ वर्षपिच्छे भालुले मानवीय क्षति पुर्याइएको थालेको छ,’ वडाध्यक्ष क्षेत्रीले भने, ‘त्यो क्षेत्रमा अहिले पनि बुढापाकाले परम्परागत रुपमा पशुपालन गर्ने गर्दछन् ।’
हजुरको प्रतिक्रिया




