२०८३ साउन २१ गते बिहीबार

काेराेना अपडेट : यस्ताे छ हालसम्म गण्डकी प्रदेशकाे अवस्था

काेराेना अपडेट : यस्ताे छ हालसम्म गण्डकी प्रदेशकाे अवस्था

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १७ गते सोमबार ०५:५९

पाेखरा । गण्डकी प्रदेशमा साेमबार थप १२३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । प्रदेशका विभिन्न जिल्लामा थप १२३ जनामा काेराेना पाेजेटिभ भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ । साेमबार...

साेमबार प्रदेशमा १२३ जना नयाँ संक्रमित थपिए

पाेखरा । गण्डकी प्रदेशमा साेमबार थप १२३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । प्रदेशका विभिन्न जिल्लामा थप १२३ जनामा काेराेना पाेजेटिभ भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ ।

साेमबार पाेखरा महानगरपालिकाका ६९ जनासहित कास्कीका ७० जना, गाेरखाका ३३ जना, तनहुँका ९ जना, नवलपरासीका ६ जना, स्याङजा र लमजुङका २ / २ जना तथा बाग्लुङका १ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

गत २४ घण्टामा प्रदेशमा कुल ८७८ जनाकाे स्वाब टेस्ट गरिएकाेमा १२३ संक्रमित भेटिएकाे निर्देशनालयले जनाएकाे हाे । जसअनुसार ७१ जना निकाे भएर घर फर्किएका छन ।

प्रदेशमा हालसम्म ९१ हजार ३०३ जनाकाे परिक्षण गर्दा ७ हजार ८६३ जनामा संक्रमण पुष्टि भएकाे छ । हालसम्म ४ हजार ४०६ जना निकाे भएर घर फर्किएका छन भने ३ हजार ३७७ जना सक्रीय संक्रमित रहेका छन । गण्डकी प्रदेशमा काेराेना भाइरसका कारण हालसम्म प्रदेशमा ८० जनाले ज्यान गुमाइसकेका छन ।

यता, कास्कीमा हालसम्म कुल २७२२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाेमा ७७२ जना निकाे भएर घर फर्किएका छन । कास्कीमा हाल १९२१ जना सक्रिय सदस्य रहेका छन भने हालसम्म २९ जनाले काेराेनाकै कारण ज्यान गुमाएका छन ।

प्रकाशित मिति २०७७ कात्तिक १७ गते सोमबार ०५:५९
हजुरको प्रतिक्रिया