२०८३ साउन २१ गते बिहीबार

टी–ट्वाण्टी दृष्टिविहीन महिला क्रिकेट भोलिदेखि पोखरामा

टी–ट्वाण्टी दृष्टिविहीन महिला क्रिकेट भोलिदेखि पोखरामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख ११ गते सोमबार ०२:२२

प्रतियोगितामा प्रथम हुनेले रु ७५ हजार, दोस्रो हुनेले रु ४५ हजार र प्रति खेल उत्कृष्ट खेलाडीले रु ५ हजार प्राप्त गर्नेछन् ।

पोखरा

नेपाल भारत दुइपक्षिय टी–ट्वाण्टी दृष्टिविहीन महिला क्रिकेट सिरिज भोलिदेखि पोखरामा सुरु हुँदैछ । प्रतियोगिताका लागि नेपाली टोली विगत एक महिनादेखि नै पोखरामा बन्द प्रशिक्षणमा थिए भने २२ सदस्यीय भारतीय टोली सोमबार पोखरा आइपुगेका छन् ।

नेत्रहीन क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता बैशाख १७ गतेसम्म चल्नेछ । विगत ११ वर्षदेखि दृष्टिविहीन महिला क्रिकेट टोली सक्रिय रुपमा खेलिरहेका छन् । जसमा सन् २०१४ मा बेलायत र सन् २०१९ मा पाकिस्तानसँगको अन्तर्राष्ट्रिय खेल जितेको थियो । नेपाली टोली भगवती भट्टराई बराल र भारतीय टोली सुष्मा पट्टेलको कप्तानीमा मैदानमा उत्रदैंछ । कप्तान भट्टराईले भारतीय टोलीसँग खेल्न आफूहरु तयार रहेको बताइन् ।

क्रिकेट बलमा रहेको ध्वनीको सहायताबाट दृष्टिविहीन खेलाडीले क्रिकेट खेल्छन् । क्रिकेट टोलीमा रहेका दृष्टिविहीन खेलाडीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । जसमा बी १ खेलाडी अर्थात् पूर्ण दृष्टिविहीन, बी २ मा मध्यम दृष्टि र बी ३ न्यून दृष्टि भएका खेलाडी हुन्छन् ।

प्रतियोगितामा प्रथम हुनेले रु ७५ हजार, दोस्रो हुनेले रु ४५ हजार र प्रति खेल उत्कृष्ट खेलाडीले रु ५ हजार प्राप्त गर्नेछन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा रिजन प्रजु तथा प्रशिक्षकमा नहेन्द्र निरौंला छन् । नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले प्रतियोगिता जित र हारका लागि भन्दा पनि समाजको दृष्टिविहीनप्रति राखिने सोच परिवर्तन गर्न र अवसर पाए दृष्टिविहीन महिलाले पनि राष्ट्रका नाम राख्न सक्छन् भन्ने सन्देश दिन गरिएको बताए । सिरिजको दुई खेल पोखरा क्रिकेट मैदान र बाँकी ३ खेल काठमाडौं मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

दृष्टिविहीन महिला राष्ट्रिय क्रिकेट टोली

राष्ट्रिय नेत्रहीन क्रिकेट खेलाडीको नामावली
१. भगवती भट्टराई
२. गिता पौडेल
३. प्रतिभा राई
४ं माया लुङ्गगेली
५. सुस्मा तामाङ्ग
६. मुना अर्याल
७. रिता थापा
८. मनकेशरी चौधरी
९. कान्ती योगी
१०. सरिता घिमिरे
११. बिनिता मगर सोमाई
१२. विनिता पुन
१३. विमला राई
१४. निशा चौधरी
१५. दिल्लीशरा धमला

प्रकाशित मिति २०८० वैशाख ११ गते सोमबार ०२:२२

हजुरको प्रतिक्रिया