२०८३ साउन २१ गते बिहीबार

आईपीएल : दिल्ली शिर्ष २ मा, बैग्लोरकाे पनि भाग्य खुल्यो

आईपीएल : दिल्ली शिर्ष २ मा, बैग्लोरकाे पनि भाग्य खुल्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १८ गते मंगलबार १०:४३

पोखरा । युएईमा जारि १३ औं आईपीएल अन्तर्गतकाे ५५ औं खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै शिर्ष-२ मा स्थान पक्का गरेको छ। पराजित भएर पनि बैंगलोर प्ले-अफ पुग्ने भाग्मानी टोली बनेकाे छ । शिर्ष-२...

पोखरा । युएईमा जारि १३ औं आईपीएल अन्तर्गतकाे ५५ औं खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै शिर्ष-२ मा स्थान पक्का गरेको छ। पराजित भएर पनि बैंगलोर प्ले-अफ पुग्ने भाग्मानी टोली बनेकाे छ ।
शिर्ष-२ स्थान पक्का गरेको दिल्लीले अब पहिलो क्वालिफायरमा नोभेम्बर ५ तारिख बिहिबार मुम्बई इन्डीएन्ससंग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलमा विजयी हुने टिम सोझै फाइनल प्रवेश गर्नेछ। पराजित हुने टिमले अंकतालिकामा तेश्रो र चौथो स्थानमा हुने टिम बीच इलिमीनेटरमा विजयी हुने टिमसंग प्रतिस्पर्धा गर्नेछ जुन खेलमा विजयी हुने टिम फाइनल पुग्नेछ । इलिमीनेटरमा बैंगलोरसंग खेल्ने टिमको निर्क्यौल हैदरावाद र मुम्बई बीचको लिगको अन्तिम खेलपछि हुनेछ। हैदरावाद विजयी भए बैंगलोरसंग इलिमीनेटर खेल्ने पक्का हुनेछ भने पराजित भए कोलकाताले बैंगलोरसंग भेट पक्का गर्नेछ।

अबुधाबी स्थित शेख जायद स्टेडियममा बैंगलोरले दिएको १५३ रनको लक्ष्य दिल्लीले १ ओभर बाँकी रहंदा ४ विकेट गुमाएर पुरा गर्यो। २०१९ आईपीएल पछि दिल्लीले लगातार चौथो खेलमा बैंगलोरलाई पराजित गरेको हो।

बैंगलोरले कोलकातालाई नेट रन रेटमा पछि पार्न दिल्लीले १५३ रन कम्तिमा १७.३ ओभरमा बनाउनु पर्थ्यो। यस्तै दिल्ली प्लेअफ पुग्न १३४ रन रन बनाए मात्र पुग्थ्यो। इनिंगको १७ ओभरमा १३४ रन बनाउदै दिल्ली प्लेअफ पुग्यो भने १७.३ ओभरमा दिल्लीले १३७ रन मात्र बनाउन सकेपछि बैंगलोरको पनि प्लेअफ स्थान पक्का भएको थियो।

दिल्लीको लागि अजिंके रहानेले सर्वाधिक ६० रन बनाए जुन क्रममा ४६ बलमा ५ चौका र १ छक्का प्रहार गरे। शिखर धवनले ५४ रन बनाए जुन क्रममा ४१ बलमा ६ चौका प्रहार गरे। मार्कस स्टोइनिसले अविजित १०, पृथ्वी शले ९, रिशभ पन्तले अविजित ८ तथा श्रेयस ऐयरले ७ रन बनाए।

ओपनर पृथ्वी श दोश्रो ओभरअ शाहबाज एहमदबाट बोल्ड भएपछि दोश्रो विकेटको लागि धवन र अजिंक्य रहानेले ८८ रनको साझेदारी गरे। १३ औं ओभरमा धवनलाई शाहबाज एहमदले शिभम दुबेबाट क्याच आउट गराए।

रहानेले एक किनार सम्हाल्दै टिमलाई जिततर्फ डोर्याए। यस क्रममा उनले श्रेयस ऐयरसंग २३ रनको साझेदारी गरे। १७ औं ओभरमा ऐयरलाई शाहबाज एहमदले क्याच आउट गराए। १८ औं ओभरमा रहानेलाई वासिंगटन सुन्दरले शिभम दुबेबाट क्याच आउट गराए। त्यसपछि मार्कस स्टोइनिस र रिशभ पन्तले अविजित रहँदै टिमलाई जितसम्म पुर्याए।

बैंगलोरको बलिंगमा शाहबाज एहमदले २ विकेट ( ४-०-२६-२ ) लिए भने वासिंगटन सुन्दर ( ४-०-२४-१ ) र मोहम्मद सिराजले ( ३-०-२९-१ ) समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो।

बैंगलोरको लागि ओपनर देभदत्त पडीक्कलले सर्वाधिक ५० रन बनाए जुन क्रममा ४१ बलमा ५ चौका प्रहार गरे। एबि डी भिल्लीयर्सले ३५, कप्तान बिराट कोहलीले २९ , शिभम दुबेले १७ तथा जोश फिलिप्पेले १२ रन बनाए।

२५ रनको ओपनिंग साझेदारी गरेपछि ओपनर फिलिप्पेलाई कागीसो रबाडाले पाँचौ ओभरमा क्याच आउट गराएका थिए। दोश्रो विकेटको लागि पडीक्कल र कोहलीले ५७ रनको साझेदारी गरे। १३ औं ओभरमा कोहलीलाई आश्विनले क्याच आउट गराए। आईपीएल करियरमा आश्विनले कोहलीको विकेट लिएको यो पहिलो पटक हो।

पडीक्कले त्यसपछि डी भिल्लीयर्ससंग ४० रनको साझेदारी गरे। १६ औं ओभरमा पडीक्कल र क्रिस मोरिसलाई नोर्कियाले पेभेलियन फर्काए।

डी भिल्लीयर्स र शिभम दुबेले पाँचौ विकेटको लागि ३३ रनको साझेदारी गरे। १९ औं ओभरमा दुबेलाई रबाडाले क्याच आउट गराए भने २० औं ओभरमा डी भिल्लीयर्सलाई अजिंके रहानेले रन आउट गराए। सोहि ओभरमा नोर्कियाले इसुरु उडानालाई क्याच आउट गराए।

अन्तिम ५ ओभरमा बैंगलोरले ५ विकेट गुमाएर ४९ रन बनाउन सक्यो।

दिल्लीको बलिंगमा एनरिक नोर्कियाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३० र खर्चिए। कागीसो रबाडाले २ विकेट ( ४-०-३०-२ ) तथा रभीचन्द्रन आश्विन ( ४-०-१८-१ ) ले १ विकेट लिए। ड्यानीयल स्याम्स र अक्षर पटेल विकेटविहिन रहे।

जितपछि १४ खेलमा ८ जित र ६ हार बेहोर्दै १६ अंक बटुल्दै दिल्ली अंकतालिकाको दोश्रो स्थानमा पुगेको छ। मुम्बई १८ अंक सहित पहिलो स्थानमा रहेको छ। हारपछि बैंगलोर दोश्रो बाट तेश्रो स्थानमा पुगेको छ जसको १४ खेलमा ७ जित र ७ हार पछि १४ अंक रहेको छ।

मंगलबार हैदरावाद र मुम्बई बीचको खेलमा हैदरावाद विजयी भए नेट रन रेटमा बैंगलोरलाई पछि पार्दै अंकतालिकामा तेश्रो स्थानमा पुग्नेछ र प्लेअफ छनौट हुनेछ। हैदरावाद मुम्बईसंग पराजित भए कोलकाता प्लेअफ पुग्नेछ।

पहिलो क्वालिफायरमा बिहिबार मुम्बई र दिल्ली खेल्ने पक्का भएको छ। इलिमीनेटरमा बैंगलोरसंग कोलकाता र हैदरावाद बीच प्लेअफ पुग्ने टिम शुक्रबार प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति २०७७ कात्तिक १८ गते मंगलबार १०:४३
हजुरको प्रतिक्रिया