२०८३ असोज २४ गते शनिबार

स्वास्थ्य संस्थामा ४७ जना भर्ना गर्दै पोखरा महानगर, माग्यो आवेदन

स्वास्थ्य संस्थामा ४७ जना भर्ना गर्दै पोखरा महानगर, माग्यो आवेदन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १२ गते मंगलबार १२:४०

पोखरा महानगरपालिकाले सेवा करारमा ४७ जना भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ । महानगरले मंगलबार सूचना निकालेर श्रेणीविहीन कार्यालय सहयोगीदेखि नवौं श्रेणीको डाक्टरसम्मको माग गरेको छ । 

पोखरा । पोखरा महानगरपालिकाले सेवा करारमा ४७ जना भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ । महानगरले मंगलबार सूचना निकालेर श्रेणीविहीन कार्यालय सहयोगीदेखि नवौं श्रेणीको डाक्टरसम्मको माग गरेको छ ।

स्वास्थ्य महाशाखाअन्तर्गतका अस्पताल, स्वास्थ्यचौकी, र शहरी विकास केन्द्रमा रिक्त पदमा पदपूर्ति गर्न महानगरपालिकाले स्वास्थ्यकर्मी र कार्यालय सहयोगी मागेको हो ।

एम.डी.जी.पी गरेका स्त्री रोग विशेषज्ञ एक जना, मेडिकल अधिकृत सात जना, हेल्थ असिस्टेन्ट तीन जना, स्टाफ नर्स पाँच जना, रेडियोग्राफर एक जना, कबिराज र फार्मेसी सहायक दुई जना, कम्प्युटर अपरेटर, एनेस्थेसिया, सहायक कम्प्युटर अपरेटर एक/एक जना, अहेब पाँच जना, ल्याब असिस्टेन्ट र अनमि चार/चार जना, कार्यालय सहयोगी १० जना माग गरिएको छ ।

नेपाली नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, अनुभव–तालिमको प्रमाणपत्र, पासपोर्ट साइजको फोटो आवश्यक पर्नेछ । इच्छुक उम्मेद्वारले वैशाख २६ गतेसम्म वेबसाइटमार्फत फारम भरेर प्रशासन महाशाखाको दरखास्त संकलन केन्द्रमा बुझाउनुपर्ने छ ।

आवेदकमध्ये लिखित, प्रयोगात्मक र अन्तर्वार्ताबाट करारमा भर्ना हुनेको छनोट गरिने छ । त्यसका लागि जेठ ६ गते परीक्षा हुने महानगरपालिकाले जनाएको छ ।

 

प्रकाशित मिति २०८० वैशाख १२ गते मंगलबार १२:४०
हजुरको प्रतिक्रिया