२०८३ साउन २१ गते बिहीबार

दृष्टिविहीन महिला क्रिकेटः दोस्रो खेलमा नेपाल भारतसँग ९ विकेटले पराजित

दृष्टिविहीन महिला क्रिकेटः दोस्रो खेलमा नेपाल भारतसँग ९ विकेटले पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १३ गते बुधबार ०२:११

खेलमा भारतकी सिमु दास प्लेयर अफ द म्याच घोषित भइन् ।

पोखरा

टी–ट्वाण्टी दृष्टिविहीन महिला क्रिकेट सिरिजमा बुधबार भएको दोस्रो खेलमा नेपाल भारतसंग ९ विकेटले पराजित भएको छ ।

पोखरा क्रिकेट मैदानमा जारी नेपाल भारत दुई पक्षिय दृष्टिविहिन क्रिकेटमा टस जितेर बलिङ रोजेको भारतले नेपाली ब्याटरलाई मैदानमा टिक्न हम्मे हम्मे बनायो । नेपालले १० विकेटको क्षतिमा अल आउट हुँदै १ सय ७२ रनको लक्ष्य भारतलाई दियो । मंगलबारको उद्धघाटन खेलमा शतकीय बनाएकी बिनिता पुन खेलको सुरुमै १८ रन बनाउदै आउट भइन् । त्यसपश्चात लगालग नेपालका ९ ब्याटर आउट हुन पुगे । नेपालका लागि सरिता घिमिरेले ५६ रनको शतक बनाइन् ।

नेपालले दिएको लक्ष्य भारतले १४.३ ओभरमा १ विकेट गुमाउंदै पुरा ग¥यो । भारतका लागि सिमु दासले ६६ रन, फुला सरेनले ६५ र गंगाले २२ रन बनाइन् । खेलमा भारतकी सिमु दास प्लेयर अफ द म्याच घोषित भइन् ।

नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा सुरु क्रिकेटको बाँकी तीन खेल शुक्रबारदेखि काठमाडौं मुलपानीमा हुनेछ । प्रतियोगितामा प्रथम हुनेले ७५ हजार, दोस्रो हुनेले ४५ हजार रुपैयाँ र प्रति खेल उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित मिति २०८० वैशाख १३ गते बुधबार ०२:११
हजुरको प्रतिक्रिया