२०८३ असोज २४ गते शनिबार

पोखरा हङकङ बजारमा अस्वभाविक भाडावृद्धि, व्यवसायी आन्दोलित

पोखरा हङकङ बजारमा अस्वभाविक भाडावृद्धि, व्यवसायी आन्दोलित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १३ गते बुधबार ०७:००

सहमति भएको १० वर्षपछि चर्को भाडा वृद्धिले हङकङ बजारका व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको उनीहरु बताउँछन् ।

पोखरा

पोखराको फुटफाथ व्यवसायीलाई व्यवस्थित गर्न भन्दै पोखरा महानगरपालिका तथा सरोकारवाला निकायले १० वर्षअघि पोखराको पृथ्वीचोक नजिकैको रिक्त जग्गामा स्थानान्तरण गर्‍यो ।

कृषि सामग्री कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ७ सय रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा त्यतिबेला  क्षेत्रफल अनुसार ६ बाइ ९ जग्गाको ९ सय र ९ बाइ ९ को जग्गा १२ सय रुपैयां भाडा दिने र वार्षिक ८.३३ प्रतिशतले बढाउदै लैजाने सहमति व्यवसायीले गरेको थिए । उक्त जग्गा त्यतिबेला नन्दप्रसाद तिवारीले लिजमा लिएका थिए ।

कम्पनिले तिवारीसँग २ लाख ४४ हजार ५१० रुपैयाँमा लिजमा लिएको जग्गाको करार अवधि गत २०७९ माघ २९ गते सकिएको छ । गत चैत २१ गते मा कृषि सामग्री कम्पनीले न्युनतम भाडा १२ लाख १५ हजार रुपैयाँ नघट्ने गरी उक्त जग्गाको टेण्डर आह्वान गर्‍यो । जसको विरोधमा पोखरा हङकङ बजारका ४ सय ३ व्यवसायी आन्दोलित भएका छन् ।

सहमति भएको १० वर्षपछि चर्को भाडा वृद्धिले हङकङ बजारका व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको उनीहरु बताउँछन् ।

पोखरा हङकङ बजार व्यवस्थापन समितिले बुधबार पत्रकार सम्मेलन गरेर अस्वभाविक रुपमा ४ सय प्रतिशत भाडा वृद्धि गरेको भन्दै आपत्ति जनाए । व्यवसायीहरुले अस्वभाविक भाडा वृद्धि गराउन लागेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरे । हङकङ बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष दिलिप सुनारले कोभिडले लथालिंग पारेको व्यवसायलाई चर्को भाडादर वृद्धिले विस्थापित गराउने बताए ।

समितिका उपाध्यक्ष संगम मरासिनिले ठेकेदार प्रथा नगरी सिधै व्यवसायीबाट भाडा उठाइ जिविकोपार्जनका लागि साना व्यवसायीलाई सहज वातावरण बनाउन आग्रह गरे । व्यवसायी राजकुमार सुवेदीले साना व्यवसायीलाई जिविकोपार्जनका लागि सहज वातावरण बनाउनुपर्ने बताए ।

आन्दोलनको कार्यक्रम अन्तरगत पोखरा महानगरपालिकामा बिहीबार तथा शुक्रबार कृषि सामाग्री प्रादेशकि कार्यालयमा धर्ना दिने कार्यक्रम राखेको छ ।

प्रकाशित मिति २०८० वैशाख १३ गते बुधबार ०७:००
हजुरको प्रतिक्रिया