२०८३ साउन २१ गते बिहीबार

काेराेनाका कारण पोखरा-५ का ५९ वर्षीया महिलाकाे निधन

काेराेनाका कारण पोखरा-५ का ५९ वर्षीया महिलाकाे निधन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १८ गते मंगलबार ११:००

पोखरा । पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखरा महानगरपालिका ५ का ५९ वर्षीया महिलाको गए राति ११ बजे काेराेना संक्रमणका कारण मृत्यु भएको हो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोरोना उपचार केन्द्रमा गए राती उनको...

गण्डकी प्रदेशमा ज्यान गुमाउनेकाे संख्या ८१ पुग्यो

पोखरा । पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखरा महानगरपालिका ५ का ५९ वर्षीया महिलाको गए राति ११ बजे काेराेना संक्रमणका कारण मृत्यु भएको हो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोरोना उपचार केन्द्रमा गए राती उनको मृत्यु भएको अस्पतलाका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । गत कात्तिक १४ गते उनमा कोरोना पुष्टि भएको थियो ।

उनमा कोरोन सँगै अन्य दीर्घ रोग समेत रहेको निर्देशक आचार्यले जानकारी दिए । अस्पतालको उपचार केन्द्रमा मृत्यु हुने उनी छब्बिसौँ संक्रमित हुन् ।

यससंगै गण्डकी प्रदेशमा काेराेनाका कारण ज्यान गुमाउनेकाे स‌ंख्या ८१ पुगेकाे छ ।

प्रकाशित मिति २०७७ कात्तिक १८ गते मंगलबार ११:००
हजुरको प्रतिक्रिया