२०८३ साउन २१ गते बिहीबार

काेराेनाका कारण मंगलबार पाेखराका ४ सहित गण्डकी प्रदेशमा ८ जनाकाे मृत्यु

काेराेनाका कारण मंगलबार  पाेखराका ४ सहित गण्डकी प्रदेशमा ८ जनाकाे मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १८ गते मंगलबार ०७:११

पाेखरा । मंगलबार काेराेना भाइरसका कारण पाेखरा महानगरपालिकाका ४ जनासहित गण्डकी प्रदेशमा थप ८ जनाले ज्यान गुमाएका छन । याे संगै गण्डकी प्रदेशमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ८८ पुगेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले...

गण्डकी प्रदेशमा ज्यान गुमाउनेकाे संख्या ८८ पुग्याे

पाेखरा । मंगलबार काेराेना भाइरसका कारण पाेखरा महानगरपालिकाका ४ जनासहित गण्डकी प्रदेशमा थप ८ जनाले ज्यान गुमाएका छन । याे संगै गण्डकी प्रदेशमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ८८ पुगेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

पाेखरा महानगरपालिका ५ का ५९ वर्षीया  महिलाकाे १७ गते राती ११ बजे काेराेना संक्रमणका कारण मृत्यु भएको हो । उनमा  कात्तिक १४ गते कोरोना पुष्टि भएको थियो । यस्तै, पाेखरा १३ का ५५ बर्षीय पुरूषकाे १८ गते बिहान उपचारकै क्रममा ज्यान गएकाे छ । उनमा गत १४ गते काेराेना पुष्टि भएकाे थियाे ।

पाेखरा महानगरपालिका- ६ का ७२ बर्षीय पुरूषकाे साेमबार बिहान मृत्यु भएकाे छ । नीजमा १४ गते काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे । यता, पाेखरा महानगरपालिका- ३ का ५२ बर्षीय पुरूषकाे साेमबार बिहान मृत्यु भएकाे र उनमा १२ गते काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

यता, बाग्लुङ नगरपालिका ३ का ६६ बर्षीय पुरूषकाे मंगलबार बिहान काेराेनाका कारण मृत्यु भएकाे छ । भने साेमबार बेलुकी बाग्लुङ नगरपालिका ३ कै ६१ बर्षीय पुरूषकाे काेराेनाका कारण ज्यान गएकाे छ । उनमा साेहि दिन काेराेनाकाे संक्रमण पुष्टि भएकाे थियाे ।

तनहुँकाे व्यास नगरपालिका ५ का ६६ बर्षीय पुरूषकाे साेमबार बिहान मृत्यु भएकाे निर्देशनालयले उल्लेख गरेकाे छ । उनमा १६ गते काेराेना पुष्टि भएकाे थियाे ।

नवलपरासीकाे देवचुली नगरपालिका ११ का ८० बर्षीय बृद्दाकाे १६ गते बिहान मृत्यु भएकाे र उनमा साेही दिन काेराेना पुप्टी भएकाे निर्देशनालयले उल्लेख गरेकाे छ ।

गण्डकी प्रदेशमा पछिल्लाे समय काेराेना संक्रमित हुनेकाे दरमा उल्लेख्य बृद्दी भैरहेकाे छ जसका कारण मृत्यु हुने दर पनि साेही अनुपातमा बढेकाे देखिन्छ ।

प्रकाशित मिति २०७७ कात्तिक १८ गते मंगलबार ०७:११
हजुरको प्रतिक्रिया