२०८३ साउन २१ गते बिहीबार

गण्डकीकाे मुख्यमन्त्रीमा कांगेसका सुरेन्द्रकाे दाबी पेश

गण्डकीकाे मुख्यमन्त्रीमा कांगेसका सुरेन्द्रकाे दाबी पेश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १४ गते बिहीबार ०३:४०

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न सत्तारुढ दलले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेश भएकाे छ । प्रदेश प्रमुखले  ताेकेकाे ४ बजेसम्मको समयसीमा भित्र कांग्रेस,...

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न सत्तारुढ दलले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेश भएकाे छ ।

प्रदेश प्रमुखले  ताेकेकाे ४ बजेसम्मको समयसीमा भित्र कांग्रेस, माओवादी र एकीकृत समाजवादीका ३५ सांसदकाे हस्ताक्षरसहित सुरेन्द्रराजलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका हुन् ।

सुरेन्द्रलाई मुख्यमन्त्री बनाउन कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र चुनाव जितेर हाल नेकपा एस प्रवेश गरेकाे राजीव गुरूङ ‘दीपक मनाङे’सहितले हस्ताक्षर गरेका छन् ।

प्रदेश प्रमुख गुरुङले १२ गते ३ दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए ।

 

प्रकाशित मिति २०८० वैशाख १४ गते बिहीबार ०३:४०
हजुरको प्रतिक्रिया