२०८३ असोज २३ गते शुक्रबार

बैंकिङ तरलतामा सुधार आएको छ -गभर्नर अधिकारी

बैंकिङ तरलतामा सुधार आएको छ -गभर्नर अधिकारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १४ गते बिहीबार ०७:२१

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ तरलतामा देखिएको सुधारले ब्याजदरमा परेको दबाब कम भएको बताएका छन् । बिहीबार आयोजित राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सव समारोहमा उनले बिदेशी विनिमय दरमा पछिल्लो...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ तरलतामा देखिएको सुधारले ब्याजदरमा परेको दबाब कम भएको बताएका छन् ।

बिहीबार आयोजित राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सव समारोहमा उनले बिदेशी विनिमय दरमा पछिल्लो समयमा आएका सुधारका कारण बैंकिङ तरलतामा सुधार आएको बताएका हुन् ।

उनले भने,‘बिदेशी बिनिमय दरमा पछिल्लो समयमा आएका सुधारका कारण बैंकिङ तरलतामा सुधार आएको छ ‘ब्याजदरमा परेको दबाब कम हुन थालेको छ । बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपको ब्याजदर घटाउन थालेका छन् ।’उनले नेपाली अर्थतन्त्र बढी आयातमा र रेमिटेन्समा निर्भर रहेको टिप्पणी गरे । विश्व अर्थतन्त्रमा देखिएको प्रभावको सामना गर्दै आन्तरिक समाधान गर्नु चुनौतीपूर्ण पक्ष रहेको उनको भनाइ थियो ।

उनले भने, नेपाली अर्थतन्त्र बढी आयातमा र रेमिट्यान्समा निर्भर रहेकोले विश्व अर्थतन्त्रको दबाब र प्रभावको सामना गर्दै आन्तरिक समाधान खोज्नु चुनौतीपूर्ण रहेको छ ।’
बाह्य कारणले गर्दा भने मूल्यमा दबाब कायम रहेको उनले बताए ।

उनले अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि समग्र उत्पादन र उत्पादकत्व बढाउँने तर्फ क्रियाशील हुन सम्पूर्ण सरोकारवालाहरुलाई अपील समेत गरे ।

प्रकाशित मिति २०८० वैशाख १४ गते बिहीबार ०७:२१
हजुरको प्रतिक्रिया