२०८३ असोज २४ गते शनिबार

दामोदरको चुनावी खर्च २८ लाख रूपैयाँ

दामोदरको चुनावी खर्च २८ लाख रूपैयाँ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १५ गते शुक्रबार ०९:४८

निर्वाचन आयोगले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा ३१ लाख रूपैयाँसम्म खर्च गर्न सकिने सीमा तोकेको थियो ।

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद दामोदर पौडेल बैरागीले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । बैरागीले गत ४ मंसिरमा भएको निर्वाचनमा २८ लाख ३७ हजार १३ रूपैयाँ खर्च भएको विवरण तीन दिनअघि सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।

मतदाता नामावलीमा ३३ हजार ६० रूपैयाँ, प्रचारप्रसार सामग्रीमा २ लाख ३२ हजार ७३० रूपैयाँ, गोष्ठी अन्तक्र्रियामा ६ लाख ५६ हजार २४७.५० रूपैयाँ, छपाइमा २ लाख ७४ हजार ६७२ रूपैयाँ, कार्यालय सञ्चालनमा ३ लाख १९ हजार २५० रूपैयाँ, प्रतिनिधि परिचालनमा २ लाख ५५ हजार १२० रूपैयाँ, सवारी साधनमा ७ लाख ३४ हजार १५४ रूपैयाँ, ढुवानी शीर्षकमा २ लाख १५ हजार रूपैयाँ र अन्य शीर्षकमा ७४ हजार ४८० रूपैयाँ खर्च भएको विवरण छ ।

निर्वाचन आयोगले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा ३१ लाख रूपैयाँसम्म खर्च गर्न सकिने सीमा तोकेको थियो । बैरागीले गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बराललाई पराजित गरेका थिए ।

प्रकाशित मिति २०८० वैशाख १५ गते शुक्रबार ०९:४८
हजुरको प्रतिक्रिया