२०८३ असोज २४ गते शनिबार

गण्डकीका नवनियुक्त मुख्यमन्त्रीको सपथ आज

गण्डकीका नवनियुक्त मुख्यमन्त्रीको सपथ आज

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १५ गते शुक्रबार ०९:५३

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पद तथा गोपनियताको सपथ आज हुँदैछ । दिउँसो साढे १२ बजे निवासमै उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सपथ गराउने कार्यक्रम छ ।

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पद तथा गोपनियताको सपथ आज हुँदैछ । दिउँसो साढे १२ बजे निवासमै उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सपथ गराउने कार्यक्रम छ ।

उनीसँगै क–कसले सपथ लिने भन्ने टुंगिएको छैन । संविधानको धारा १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र र एक जना स्वतन्त्र सांसदको समर्थनमा दाबी पेस गरेका नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डलाई बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादी पार्टीका १ गरेर ३५ सांसदको हस्ताक्षरसहित पाण्डेले बिहीबार नै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

प्रकाशित मिति २०८० वैशाख १५ गते शुक्रबार ०९:५३
हजुरको प्रतिक्रिया