२०८३ साउन २१ गते बिहीबार

दृष्टिविहीन महिला क्रिकेटमा विनिताको नयाँ रेकर्ड

दृष्टिविहीन महिला क्रिकेटमा विनिताको नयाँ रेकर्ड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १५ गते शुक्रबार ०२:२१

काठमांडौ मुलपानी क्रिकेट मैदानमा भएको टी ट्वान्टी दृष्टिविहीन महिला क्रिकेटमा विनिताको सानदार ब्याटिङले नेपालले जित निकालेको हो ।

तेस्रो खेलमा भारत ९ विकेटले पराजित

पोखरा

टी–ट्वाण्टी दृष्टिविहीन महिला क्रिकेट सिरिजको तेस्रो खेलमा नेपालले भारतलाई ९ विकेटले पराजित गरेको छ ।

काठमांडौ मुलपानी क्रिकेट मैदानमा भएको टी ट्वान्टी दृष्टिविहीन महिला क्रिकेटमा विनिताको सानदार ब्याटिङले नेपालले जित निकालेको हो । यसअघि विनिताले सिरिजको उद्धघाटन खेलमा भारतविरुद्ध १ सय ११ रन बनाउंदै शतकीय बनाउने पहिलो दृष्टिविहीन महिला खेलाडी बनेकी थिइन् । आफ्नो नाममा रहेको रेकर्डलाई तोड्दै आज उनले १ सय २६ रन बनाइन् ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको भारतले ५ विकेट गुमाउंदै २ सय १३ रनको लक्ष्य नेपाललाई दियो । नेपालको बिनिता पुन १ सय २६ रन, मनकेशी चौधरी ६५ रन र मुना अर्यालको ४ रनसहित नेपालले एक विकेट गुमाएर २ सय १७ रन बनायो ।

विनिता पुन

यसअघि भारतका बसन्ती हन्संदा २३ रन, फुला सरेन १० रन, रभानी ४ रन, वर्षा ४ रन, गंगा ३९ रन, सुष्मा पट्टेल ६३ रन र सिमु दासले ४६ रन बनाएका थिए । खेलमा विनिता पुन उत्कृष्ट खेलाडी घोषित भइन् ।

नेपालको टोली भगवती भट्टराईको कप्तानीमा र भारतीय टोली सुष्मा पट्टेलको कप्तानीमा मैदानमा उत्रिएको छ । यसअघिको दुइ खेलमा पहिलो खेल नेपालले र दोस्रो खेल भारतले जितेको थियो ।

मंगलबार देखि सुरु भएको खेल बैशाख १७ गतेसम्म चल्नेछ । प्रतियोगितामा प्रथम हुनेले रु ७५ हजार, दोस्रो हुनेले रु ४५ हजार र प्रति खेल उत्कृष्ट खेलाडीले रु ५ हजार प्राप्त गर्नेछन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा रिजन प्रजु तथा प्रशिक्षकमा नहेन्द्र निरौंला छन् ।

प्रकाशित मिति २०८० वैशाख १५ गते शुक्रबार ०२:२१
हजुरको प्रतिक्रिया